d

नेकपा बिबाद: औपचारिक बैठक बोलाउदैमा पार्टी फुट्ला त ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका भित्रको विवाद चुलिदै गएको छ।  अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक बैठकको आयोजना गरियो भने त्यो नै फुटको घोषणाको बिन्दु हुने बताएको अर्का  अध्यक्ष  प्रचण्डले खुलासा गरेका छन्। । 

केन्द्रीय कार्यालय धुम्बाराहीमा सहभागी सचिवालय सदस्यहरुसँग को अनौपचारिक बैठकमा दाहालले  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले औपचारिक बैठक राखे पार्टी फुटको बिन्दु नै त्यही हुने ब्रिफिंग गरेका थिए।  

प्रधानमन्त्री ओलीले औपचारिक बैठक नराख्न भनेपछि उनकै सल्लाहमा अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी बताए  । अनौपचारिक छलफलका लागि नाै जना सचिवालय सदस्यलाई नै बोलाइएको तर बैठकमा पाँच जना मात्रै सहभागी हुनुभएकाे प्रवक्ता श्रेष्ठको भनाइ छ । शुक्रबारकाे छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।  

Views: