d

झापामा पनि तय गर्यो राष्ट्रवादी समाजले बाईक र्याली, सम्पूण राष्ट्रवादीहरुलाई सहभागी हुन अपील

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: देश व्यापी रुपमा राज संस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको गर्ने उद्घोषसँगै जारी रहेको बाईक र्याली झापामा पनि हुने भएको छ । आज झापाको दमक स्थित राधा कृष्ण मन्दिरमा बसेको राष्ट्रवादीहरुको एक भेलाले यहि १८ गते बाईक र्याली गर्ने निर्णय गरेको छ । उमेश लामाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले र्यालीमा राष्ट्रिय झण्डासहित उपस्थित हुन सम्पूर्ण राष्ट्रवादीहरुमा अपिल समेत गरेको छ । कालो गणतन्त्र र लूटतन्त्र विरुद्ध एक होऔं, हिन्दु अधिराज्य र राजसंस्था फर्काउन सहभागी बनौं भन्ने मुल नारा सहित सम्पूर्ण राष्ट्रवादी समाज झापाले आयोजना गरेको र्याली विर्तामोडबाट दमक सम्म तय गरिएको र्याली आयोजना समितिका सदस्य लिप्सन बाँस्तोलाले जानकारी दिनुभयो । वहाँले र्यालीमा सहभागी हुन जुनसुकै दलमा आस्था राख्ने भएपनि मुलुक बचाउने यस अभियानमा राष्ट्रिय झण्डा सहित उपस्थित हुन आव्हान समेत गर्नु भएको छ । र्याली विर्तामोडबाट १० बजे शुरु हुने पनि वहाँले जानकारी दिनुभयो । पछिल्लो क्रममा संघीयता र गणतन्त्र खारेजीको मागसहित राष्ट्रवादीहरुको समुहले देशका मुख्य शहरहरुमा बाईक र्यालीको आयोजना गर्दै आएका छन् ।
Views: