d

प्रचण्ड र नेपालले गरे बाग्मती प्रदेश पदाधिकारी भेला

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — एकअर्कामाथि गुटबन्दी गरेको आरोप लगाएका नेकपाका दुवै समूह आन्तरिक छलफलमा व्यस्त छन् । यहीक्रमममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बिहीबार काठमाडौंमा वाग्मती प्रदेश जिल्ला पदाधिकारीको भेला गरेको छ । केही दिन अगाडि यो समूहले विद्यार्थीको समेत काठमाडौंमै भेला गरेको थियो । बिहीबार कोटेश्वर पेरिसडाँडामा भएको भेलामा वाग्मती प्रदेशका दाहाल–नेपाल निकट जिल्ला तहका नेता सहभागी थिए । भेलाको संयोजन वाग्मती प्रदेश कमिटी ईन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले गरेका थिए । भेलामा दाहाल–नेपाल निकट जिल्ला इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव गरी ३०–४० जना सहभागी रहेको बताइएको छ । इकान्त्तिपुर
Views: