d

नेपाल महिला संघ कालो मास्क सहित सरकार विरुद्ध उत्रिदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौ,पर्दाफास/फागुन ३: कम्युनिस्ट सरकारको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेसले सशक्त प्रतिवाद गर्ने भएको छ । मुलुकमा हत्या हिंसा मौलाएको, सुरक्षा संयन्त्र कमजोर हुँदा महिला हिंसा र बालिका बलात्कार जस्ता जघन्य प्रकृतिका आपराधिक घटनाहरु बढ्दै गएको, भ्रष्टाचार र व्यथितीका कारण समग्र प्रशासनिक क्षेत्र तहसनहस हुँदै गएको परिस्थितिलाई नजरअन्दाज गर्न नसकिने निस्कर्ष साथ नेपाली कांग्रेसले बृहत आन्दोलन छेड्ने तैयारी अगाडी बढाएको बुझिएको छ । वर्तमान सरकारको असंवैधानिक र तानाशाही प्रबृत्तिको अन्त्य हुनुपर्ने भन्दै सशक्त प्रतिवादमा उत्रिएको नेपाली कांग्रेसका नेताहरूले केन्द्र देखि स्थानीयतह सम्मका पार्टी संयन्त्रलाई परिचालन गर्ने तैयारीमा जुटेका छन् ।
 यसैबीच कांग्रेसको भगिनी संगठन नेपाल महिला संघ ७७ वटै जिल्लामा फागुन ३ गते हुने  बिरोधका कार्यक्रममा कालो मास्क सहित सशक्त रूपमा सहभागी हुने जनाइएको छ । नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीले बैतडीकि बालिका भागिरथा भट्टको बलात्कार पछि हत्या गरिएको विषयमा सशक्त प्रतिबाद गर्ने भन्दै प्रेस विज्ञप्ती जारी गरेकी छिन् । विज्ञप्तीमा उनले भ्रष्ट कम्युनिस्ट सरकारले चालेका तानाशाही कदमका विरुद्ध  फागुन ३ गते एकैसाथ बिरोध प्रदर्शनमा उत्रिन ७७ वटै जिल्ला समितिलाई आग्रह गरेकी छिन् । विज्ञप्तीमा उनले आन्दोलनमा उपस्थित सबैले कालो मास्क लगाएर बिरोध जनाउन आग्रह गरेकी छिन् । 
विज्ञप्तीको पुर्ण पाठ :
'कम्युनिस्ट सरकारले चालेको असंवैधानिक कदम विरुद्ध यहि  फागुन ३ गते नेपाली कांग्रेस द्वारा ७७ वटै जिल्लामा गरिने बिरोध प्रदर्शन तथा बैतडीकि किशोरी भागरथी भट्ट लगायतका अन्य बालिका तथा किशोरी माथि गरिएका बलात्कार तथा हत्या जस्ता जघन्य अपराधका विरुद्ध समेत नेपाल महिला संघका सबै साथीहरुले संघको व्यानर र झण्डा सहित मुखमा कालो मास्क लगाएर उक्त कार्यक्रममा सशक्त रूपमा सहभागी हुन अनुरोध गरिन्छ ।'
Views: