d

गौरादहमा १७८ जनाले लगाए कोरोना विरुद्ध पहिलो चरणको खोप

Views:
Responsive Image Gallery
Responsive Image Gallery
              युबराज रेग्मी                                           फाल्गुन ४, झापा /                 झापाको गौरादह नगरपालिकामा  कोरोना भाइरस  कोभिड -१९  बिरुद्दको भ्याक्सिन "कोभ्याक्स खोप" आज मंगलबार बाट  लगाउन सुरु गरिएको छ ।
 गौरादह नगरपालिका  स्वास्थ्य साखा द्वारा पहिलो चरण अन्तरगत अग्रपंक्तिमा कामगर्ने  जनप्रतिनिधिहरु , सरकारि कर्मचारीहरु , पत्रकारहरु , सुरक्षाकर्मीहरु ,  बित्तीय सस्थाका कर्मचारीहरु ,  सहित यस अघि  प्राथमिकतामा परि खोप लगाउन छुट भएका नगरपालिकाका स्वास्थ्य कर्मीहरु तथा महिला स्वास्थ्य स्वयंसेबिकाहरुले कोरोना भाइरस  कोभिड- १९ बिरुद्धको खोप लगाएका छ्न  ।
  खोप कार्यक्रम अन्तरगत  गौरादह  नगरपालिका महिला बिकास साखामा  कार्यरत ५८ बर्सिय  महिला बिकास निरीक्षक  श्री  मिरा भट्टराई लाई  पहिलो खोप लगाइदिएर  खोप कार्यक्रम सुचारु  गरिएको नगर स्वास्थ साखाका स्वास्थ सह-संयोजक सि.अ. हे. ब. गोबिन्द श्रेष्ठले जानकारी दिएका छ्न  ।   
 जिल्ला स्वास्थ कार्यालय द्वारा  तोकिएको मिति अनुरुप आज फाल्गुन ४ गते  मंगलबार गौरादह नगरपालिकामा बसोबास गर्ने सम्बन्धित हरुलाई निर्धारित समय बिहान १०:०० बजे देखि  
 नगरपालिका कार्यालय परिसरमा कोरोना विरुद्धको  खोप लगाउन सुरु गरिएको थियो ।                                 जसअन्तरगत आज मंगलबार  ४२ जना महिला  र १३६ जना पुरुष  गरि १७८ जना ब्यक्तीहरुले  कोरोना बिरुद्धको खोप लिएका थिए । 
कोरोना बिरुद्द खोप लगाउनेमा १८ जना जनप्रतिनिधि , ७४ जना सरकारी कर्मचारी , ६ जना पत्रकार  ,२२ जना सुरक्षाकर्मी १२ जना छुट स्वास्थकर्मी , ४२ जना बित्तिय सस्थामा कार्यरत ब्यक्ती र ४ जना छुट महिला स्वयम सेबिकाहरुले कोरोना बिरुद्द्को खोप लगाएको गौरादह नगर स्वास्थ्य साखाका स्वास्थ संयोजक जनस्वास्थ्य अधिकृत पर्सुराम भट्टराईले जानकारी दिएका छ्न ।
Views: