d

देशमा भ्रष्टाचार होइन भ्रष्टाचारमा देश डुबेको छ- राप्रपा नेता गिरि

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पुर्व सह-महामन्त्री राजेश गिरिले देशमा भ्रष्टाचार होइन भ्रष्टाचार मा देश डुबेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगरसभा द्वारा आयोजित वडा नं. ४ को वडा अधिवेशनमा प्रमुख अतिथिको रूपमा  बोल्दै युवा नेता गिरिले हिंसात्मक जनयुद्ध गरेका बाबुराम भट्टराई र प्रचण्डहरु आज अर्कै पार्टीमा शरणार्थी जीवन बिताइरहेको भन्दै जनयुद्धका नाममा देश बर्बाद पारेको आरोप लगाए । 
१७ हजार नेपालीको हत्या गरेर देशलाई जर्जर अवस्थामा पुर्याउनेहरु आफ्नो पार्टी सिध्याएर अरुनै पार्टीमा आश्रय लिन पुगेको बताए । राजसंस्था, हिन्दूधर्म र नेपाली सेनालाई तहसनहस पार्नेहरुले खुलमखुल्ला देश लुटिरहेको बताए । राजसंस्था र हिन्दु धर्म माथी आक्रमण गरेर  नेपाली सेनालाई समेत बिबादास्पद बनाइएको भन्दै चिन्ता व्यक्त गरे । 
सडक को पेटीमा बसेका भिखारीहरु बाट मदन मोहन माल्बियाले बनारस हिन्दु विश्वबिध्यालय निर्माण गरेको तथ्य स्मरण गर्दै यो देश  हिन्दुहरुले मात्र बनाउन र रक्षा गर्न सक्ने ठोकुवा गरे । मुलुकमा पानी भन्दा रगत सस्तो भएको भन्दै उनले रगतको होलीमा रमाउनेलाई कडा दन्ड दिन जनता जाग्नुपर्ने बताए ।
भोक अभाव र गरिबीले यस्तै परिस्थिति रह्यो भने मान्छेले मान्छेको मासु खाने अवस्था आउने भन्दै राजसंस्था र हिन्दु धर्म हटाएर सुन्दर र  शान्त नेपाललाई तहसनहस पारिएको आरोप लगाए । २३ हजार  रिण भार बाट बढाएर जनताको थाप्लोमा ४६ हजार रिणको बोझ पुर्याउने ओली सरकारले मुलुकको अर्थतन्त्र तहसनहस पारेको आरोप लगाए । 
बिशिस्ट अतिथिको रूपमा धारणा जिल्ला अध्यक्ष अम्बर बिष्टले तत्कालको लागि चुनावको मिति टरे पनि  निर्वाचनको विकल्प नरहेको बताए । नेकपा र कांग्रेसले मुलुकलाई भ्रष्टाचारको दलदलमा भसाएको भन्दै राप्रपाले मात्र मुलुक समृद्ध हुने ठोकुवा गरे । 
 अधिवेशनले ज्ञानेन्द्र बहादुर कट्वालको संयोजकत्वमा  २१ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा पुर्ण बहादुर श्रेष्ठ, उमा बस्नेत र काजी राउत, सचिवमा जितेन्द्र थापा, सह-सचिवमा नेत्र चौलागाईं, कोषाध्यक्षमा केदार बहादुर भण्डारी रहेका छन् भने सदस्यहरुमा भिम बस्नेत, गोपाल पौडेल, शान्तिराम पौडेल, खड्ग बहादुर कार्की, सान नेपाल, चुडामणी बस्नेत, सैलेन्द्र ढकाल, बलबहादुर न्यौपाने, सोम नेपाल, कमला राउत, पुनम नेपाल, रामजी कार्की, भिम बहादुर मगर, यज्ञ भण्डारी, याम नाथ खनाल, टंक बहादुर कट्वाल, तेज प्रसाद फुयाल, देवि बहादुर कार्की, तेज बहादुर भण्डारी र टहलदास सिवाकोटी रहेका छन् । यसैगरी सोही अधिवेशन बाट बाल कृष्ण आचार्यको संयोजकत्वमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन वडा समिति तथा सोभा नेपाल (भण्डारी) को संयोजकत्वमा महिला संगठन वडा समिति समेत गठन गरिएको बताइएको छ । 
कार्यक्रममा गौरादह नगरसमिती अध्यक्ष शान्तिराम पौडेल, बाणिज्य बिभाग केन्द्रिय सदस्य जय गुरुङ,  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन क्षेत्र नं ५ अध्यक्ष सान नेपाल, नगरपरिचालन समिति संयोजक देवेन्द्र खड्का लगायतको उपस्थिति रहेकोे कार्यक्रमको संचालन नगर सचिब रमेस थापाले गरेका थिए । 
Views: