d

पर्दाफास फलोअप: सफ्टवेयर डिलिट गरेर ४० लाख घोटाला गरेको आशंका

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: गौरादह खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा आर्थिक अनियमितता भएको विषयमा नागरिकतह बाट गम्भीर चासो र चिन्ता व्यक्त हुन थालेको छ । कार्यालय कै कर्मचारी बाट सफ्टवेयर डाटा डिलिट गरि लाखौं भ्रष्टाचार भएको तथ्य बाहिरिए संगै स्थानीय द्वारा तत्काल छानबिन गरेर दोषी माथि कार्वाही गरियोस् भन्दै चिन्ता व्यक्त हुन थालेको हो । 
उक्त कार्यालयमा काम गर्ने कर्मचारीले सफ्टवेयर बाट डाटा डिलिट गरेर घोटाला गरेको आशंका गरिएको छ । उपभोक्ता समितिका एक सदस्यले ती  कर्मचारीको कार्यशैली माथी आशंका गरेर बिगत केही हप्ता देखि निगरानी गरेका र उनैले अनियमितता भएको तथ्य बाहिर ल्याएका थिए । अनियमितता भएको बुझेपछि समितिका जिम्मेवार पदाधिकारीलाई हप्तादिन अगाडी नै जानकारी गराइएतापनि तत्कालै मिटिङ बस्न नसकेको बुझिएको छ ।
 'हामीले जानकारी पाएपछि तत्कालै बैठक बस्ने तैयारी गर्यौ तर सोही बेला सचिव डन्डीराज घिमिरे जी को बाहिर जाने काम परेकोले बैठक पछाडी सार्नु परेको थियो, सोमबार बैठक बसेर सामान्य जानकारी लिने प्रयास गरेका छौँ ' अध्यक्ष बाबुराम भण्डारीले सुनाए ।
संवेदनशील बिषयमा किन ढिलासुस्ती भन्ने जिज्ञासामा अध्यक्ष भण्डारी भन्छन्,'नागरिक समाजलाई जति चिन्ता छ जिम्मेवार व्यक्ति भएका कारण त्यति नै चिन्ता मलाई पनि छ, शंकास्पद कर्मचारीलाई काम नगर्न भनिसकेका छौँ ।' 
यद्यपि मौखिक रूपमा उनलाई काम नगर्न भनिएता पनि मंगलबार बिहानको मिटिङले उनलाई निलम्बन गर्ने र साउन देखिको हिसाब हेर्ने तैयारी रहेको बताइएको छ । 
 'प्रारम्भिक कागजपत्र हेर्दा अनियमितता भएको जस्तै देखिन्छ, अहिले नै यसै भन्न सक्ने अवस्था भने छैन, तत्काल छानबिन अगाडी बढाइने प्रयास छ', अध्यक्ष भण्डारी बताउछन् । 
सफ्टवेयरको डाटा नै डिलिट भएको बिषय सामान्य नरहेको उनको बुझाई छ । विश्वसनीय र भरपर्दो बुझेर दुई वर्ष अगाडी H2O नाम गरेको सफ्टवेयर करिब १ लाखको लागतमा खरिद गरिएको भण्डारीको भनाइ छ । सफ्टवेयर डिलिट गर्नेकार्य गम्भीर प्रकृतिको साइबर क्राइम भएको भण्डारी स्वयं बताउछन्  । हिसाब किताब राख्न गडबडी मात्र भएको हो भने लेखा समितिको छानबिन बाट खुल्ने उनको तर्क  छ । 
डिभिजन खानेपानी कार्यालय झापाका प्रमुख भन्छन्, ' स्वायत्त संस्था भएका कारण स्थानीय समितिले नै यसको टुंगो लगाउनु पर्ने हुन्छ, बिबाद नसुल्झिएको खण्डमा हस्तक्षेप गर्नुपर्ने हुनसक्छ ।' सफ्टवेयर खरिद गर्दा ध्यान पुर्याउन नसकिएको हो कि भन्ने  बिषयमा स्वायत्त संस्था भएका कारण कुन सफ्टवेयर प्रयोग गर्ने हो भने बिषय पनि उक्त संस्थाले आफैं निर्क्यौल गर्न सक्ने उनको बुझाइ छ । 
के ब्युरोक्र्यासी हावी भएको हो त ?
गौरादह खानेपानीका तथा सरसफाइ उपभोक्ता समितिका एकजना जिम्मेवार सदस्यले नाम नखुलाउने सर्तमा भने, 'कर्मचारीले आफु खुशी काम गर्छन्, समिति संग कुनै सरोकार र परामर्श समेत लिन चाहदैनन्, आफुखुशी चल्ने कर्मचारीलाई तत्काल हटाउनुपर्छ भनेर पटकपटक कुरा उठाउदा पनि केही साथीहरू त्यस्ता कर्मचारीको संरक्षणमा लाग्ने गरेको उनले सुनाए ।
 'कर्मचारीलाई निर्वाचित समितिले नियमन र नियन्त्रण गर्ने हो, समस्या देखिने बित्तिकै तत्काल निलम्बन गरेर खातापाता कब्जामा लिनुपर्ने हुन्छ तर ढिलासुस्ती भइरहेको छ, म आफ्नै तरिकाले अध्ययन गर्न लागिपरेको छु, एक दुई दिन भित्रमा गम्भीर खुलासा गर्नेछु ।', आफ्ना भित्री योजनाको जानकारी गराउदै उनले भने । 
थोपा थोपाको पैसा एकमिनेट ढिलाइ नगरी  बुझाउने नगरवासिहरु खानेपानीमा भ्रष्टाचार भएको सुन्ने बित्तिकै चिन्तित हुनु स्वाभाविक नै हो, भ्रष्टाचार कसले गर्यो? जघन्य प्रकृतिको अपराध गरिएकोले तत्काल छानबिन गर्न स्थानीयले माग गरेका छन् ।

 

Views: