d

प्रदेश २ मा माओवादीका ४ जना सांसद बर्खास्त गर्न सिफारिस

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रदेश २ मा माओवादी केन्द्रले दल त्याग गरी नेकपा प्रवेश गरेका आफ्ना चारजना प्रदेश सांसदलाई बर्खास्त गर्न सिफारिस गरेको छ।  माओवादी केन्द्रका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र दलले प्रदेशसभा सचिवालयमा बुझाएको छ।
यी चारैजना सांसद नेता प्रभु साहनिकट मानिन्छन्। अब प्रदेशसभामा सभामुखले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त भएको घोषणा गर्नेछन् । यसअघि चारैजना सांसदलाई माओवादी केन्द्रको केन्द्रीय समितिले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। जवाफ नदिएपछि कारबाही गरिएको पत्र सभामुखलाई बुझाएको माओवादी केन्द्रले जनाएको  छ।
प्रदेश २ मा माओवादी केन्द्रका ११ जना सांसद थिए। ओलीतिर ४ जना लागेपछि अब ७ जना सांसद मात्रै रहनेछन्। अन्नपुर्ण पोस्टमा खबर छ।
Views: