d

संसदमाथि आक्रमण र घेराबन्दी भयो - सभामुख

Views:
Responsive Image Gallery
Responsive Image Gallery
प्रधानमन्त्री केपी ओलीले संघीय संसद् र आफूप्रति शृंखलाबद्ध आक्रमण गरेकोमा सभामुख अग्नि सापकोटाले गम्भीर असन्तुष्टि जनाएका छन् । आइतबार नेपाल पत्रकार महासंघको कार्यक्रममा सभामुख सापकोटाले प्रधानमन्त्री ओलीको नामै नलिई उनले संसद्माथि आक्रमण र घेराबन्दी गरेको आरोप लगाए ।
‘जब संघीय संसद्लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील बनाउने काम सुरु भयो, जब लोकतान्त्रिक मूल्य–मान्यता र आदर्शलाई स्थापित गर्ने काम थालियो, जब प्रतिनिधिसभा संविधानको रक्षार्थ र राष्ट्रिय हितको सवालमा दृढतापूर्वक अगाडि बढ्न सुरु ग¥यो, त्यहीँबाट संघीय संसद्माथि घेराबन्दी हुन थाल्यो, अहिले निकै ठूलो घेराबन्दी छ,’ पत्रकार महासंघको २६औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा सापकोटाले भने ।
Views: