d

जनता समाजबादी पार्टी फुटको संघारमा, आन्तरिक कलह चर्किदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : अहिलेको त्रिशंकु संसद्‌मा निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टीभित्रको कहल चर्किएको छ। ओली सरकारसँग साझेदारी गर्ने कि विपक्षीसँग मिलेर नयाँ सरकार बनाउने विषयमा पार्टीभित्र विवाद चर्किएको छ।
आन्तरिक विवादबीच नै  जसपाका अध्यक्ष महन्थ ठाकु र राजेन्द्र महतोसँग बालुवाटारको सम्वाद भने बाक्लिँदै गएको छ। मंगलबार पनि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा गरेका छन्। भेटमा ओलीले जसपाले राखेका मागहरू सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउँदै छिटो संस्थागत निर्णय लिन आग्रह गरेका थिए। ठाकूरले सरकारलाई समर्थन गरे पनि तत्काल सहभागी नहुने बताएका थिए।
स्रोतका अनुसार २४ प्रकृतिका दुई सय बढी मुद्दा फिर्ता लिने, राजबन्दी रिहा गर्ने, संविधान संसोधनका लागि स्वतन्त्र आयोग बनाउने,लाल आयोगलाई संक्षेपीकरण गरी सार्वजनिक गर्ने,  जसपाको चासो समेटेर नागरिकता विधेयक तत्काल अघि बढाउनुपर्ने  विषयमा लगभग समझदारी बनिसकेको छ।
तर ठाकुर–महतो पक्षले ओलीसँगको सहकार्यका लागि  फाइनल डिल गरिरहँदा जसपा भने विभाजनको खतरातर्फ उन्मुख देखिन्छ।अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीलाई कुनै पनि हालतमा हटाउनुपर्ने र कांग्रेस एवं माओवादीसँग मिलेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन्। अन्नपुर्ण पोस्टमा खबर छ।  
 
Views: