d

नेकपा एमालेको अत्याधुनिक डिजाइनको पार्टी कार्यालय भवन सिलान्यास

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ। बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुमा नयाँ बन्ने भवनको शिलान्यास गरेका हुन्। लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो।
१३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको छ। भवन दुई वर्षभित्र निर्माण भइसक्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। २०५१ सालमा निर्मित एमाले पार्टी कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो।
पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सञ्चालन भएपनि आजबाट एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सञ्चालन हुने गरी उद्घाटन हुँदैछ। बिहान ११ बजे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

 

Views: