d

निषेधाज्ञामा पत्रकारहरूले अफिसको परिचयपत्र बोकेर हिँड्न पाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : भोलिदेखि उपत्यकामा हुने निषेधाज्ञामा पत्रकारहरूले आफूले काम गरेको सम्बन्धित कार्यालयबाट जारी भएको परिचयपत्र बोकेर आवतजावत गर्न पाउने भएका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सेवाका रूपमा पत्रकार र सञ्चारकर्मी तथा सम्बद्ध मिडियामा कार्यरत कर्मचारीका लागि सञ्चारगृहबाट जारी परिचयपत्र बोकेर हिँडेमा आवागमन तथा हिँड्डुलमा रोक लगाइने छैन।
 ‘निषेधाज्ञाको समयमा आवागमन गर्ने सञ्चारकर्मी र मिडियाका हाउसका कर्मचारीहरूलाई सूचना विभागबाट जारी परिचयपत्रबाहेक पनि सम्बन्धित सञ्‍चारगृहबाट जारी परिचयपत्रका आधारमा आवागमन गर्न दिइनेछ' उनले भने।
आवतजावत गर्न पाइने भन्दैमा कामबिना तथा अनावश्यक रूपमा ओहोरदोहोर नगर्न पनि उनको सुझाव छ। यसअघि पनि देशभर लकडाउन लागू हुँदा पत्रकारहरूलाई सम्बद्ध कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइएको थियो। थाहा खबर बाट
Views: