d

तत्काल नयाँ सरकार बन्न सक्ने देखिएन - प्रचण्ड

Views:
Responsive Image Gallery
Responsive Image Gallery
१७ वैशाख, काठमाडौं । विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नेदेखिएको बताएका छन् । नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उनले बताए ।
हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको बताए । प्रचण्डले अहिले आफूले चाहेर मात्रै सरकार बन्न नसक्ने बताए ।
कति दिनमा सरकार बन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘यसो छाँट हेर्दा त होला जस्तो छैन पो देखिंदै छ त । जसपाले निर्णय गर्दैन, जसपाले निर्णय नगरी कांग्रेस तयार हुँदैन । हामी त अहिले होस् भन्ने चाहन्छौं । हामीले मात्र चाहेर त पुग्दैन ।’
कांग्रेस र जसपा तैयार नभए सम्म माओबादी केन्द्रले मात्र केहि गर्न नसक्ने अध्यक्ष प्रचण्डले बताए।
Views: