d

नेपालमा महामारी रोक्न सक्दो सहयोग गर्ने चीन सरकारको घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


बेइजिङ — चीनले नेपालको कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने घोषणा गरेको छ। बेइजिङस्थित नेपाली दूतावासले महामारी नियन्त्रणमा चिनियाँ सहयोगका लागि सिनोफार्म र अक्सिजन सिलिन्डरका लागि चिनियाँ सिड्का भन्ने निकायसँग पहल गरिरहेका बेला चीनले पत्रकार सम्मेलन गरेरै सक्दो सहयोगको प्रतिबद्धता जनाएको हो।


शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले भने, ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिप्रति चीनको ध्यानाकर्षण भएको छ। चीनले सबै प्रकारका सक्दो सहयोग गर्नेछ।’

चीनले नेपालमा जारी कोरोना महामारीका चुनौतीलाई साझा गर्न चाहन्छ र नेपाललाई सहयोग पुर्‍याउन यथाशक्य प्रयास गरिरहने टिप्पणी पनि चिनियाँ सञ्‍चारमाध्यमहरूले गरेका छन्। लक्ष्मी लम्सालले ईकान्तिपुरमा समाचार लेख्नुभएको छ । 

Views: