d

शिक्षक रोसनले ल्याए कोच भाषाको गीत

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 
                              पुष्प आर जे
एकातिर शिक्षण पेसा अर्को तिर गीत संगितमा रुचि। स्कुल पढ्दा होस या कलेजको जीवन रोसन राजबंशीले कहिले गित गुनगुनाउन छाडेनन्। झापाको गौरादहमा जन्मेका उनलाई आखिर गित संगितले तानि छाड्यो। अन्तत: दोस्रो लकडाउनमा अाफ्नो कोच भाषाको पहिलो गित तुई मोर प्राणेर सखी...बजारमा ल्याएका छन्।
पुर्वान्चल रेकर्डिङ स्टुडियोमा ईटहरिमा रेकर्ड गरिएको यस कोच भाषाको गितमा स्वर र शब्द रोसन राजबंशीको रहेको छ। यस गितलाई कुन्दन राईले संगित गर्नु भएको छ। कार्तिक राजबंशीको निर्देशन रहेको छ। धिरन शाहले सिनेमेटोग्राफर गरेका छन्। मोडलको रुपमा रोसन र मनिषाको जोडि देख्न सकिन्छ। गितलाई पुर्वका रमणीय स्थलहरुमा खिचिएको छ। माया प्रेमको भाव रहेको यस गित लाई पक्कै पनि दर्शकले मन पराउने आस गरिएको छ। गायक रोसन राजबंशी कान्तिपुर कलेज बिराटनगर संन्चालक सदस्य तथा ब्यवस्थापन संकायका को- अर्डिनेटर पनि हुन्। पहिलो प्रयासको लागि शुभकामना छ।
Views: