d

गौरादह नगरपालिकाले हुलाक कार्यालयको आगनमा थुपार्यो दुर्गन्धित फोहोर

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा:  नगरपालिकाले इलाका हुलाक कार्यालय अगाडी फोहोर थुपारेको पाइएको छ । वडा नं. १ कार्यालय संगै जोडिएको ईलाका हुलाक कार्यालय अगाडी फोहोर डम्पिङ साइड बनाएको पाइएको हो ।

 

No description available.

 
तत्कालीन गौरादह गा. वि. स. को भवनमा हुलाक कार्यालय रहेको छ ।  कार्यालयको आगनमा वर्षौं देखि फोहोर थुपारेर वातावरण दुर्गन्धित पारिएको देखिन्छ भने फोहोर माथि चढे मात्र बाथरूम पुग्न सकिन्छ। 

 

No description available.
 
 
वर्षादको मौसममा दुर्गन्धित पानी कार्यालय भित्रै  पुग्ने गरेको कर्मचारीहरु बताउछन्। 

 

No description available.

 
पानी पर्ने महिनामा सर्प लगायतका विषालु किरा पसेका छन् की भनेर  कार्यालय खोल्नै डर मर्दो हुन्छ भन्छन्  हुलाक कार्यालय प्रमुख अधिकारी ।

 

No description available.


 
'वडा अध्यक्ष, उपमयर र मेयरलाई  २० औं पटक अनुरोध गर्दा पनि सुनुवाइ भएन । नगरपालिकालाई भन्दा भन्दा थाकी  सकियो। ।  हेर्दाहेर्दै फोहोरको थुप्रो कार्यालय भित्रै छिरिसक्यो ।', अधिकारीले पर्दाफास प्रतिनिधी संग कुरा गर्दै भने ।

 

No description available.

 
'के हामी चाहिँ मान्छे होइन? के हामीले फोहोरको थुप्रो माथी बसेर कार्यालयको दैनिक काम गर्नुपर्ने ?', कार्यालय प्रमुख  अधिकारीको आक्रोश  छ ।

 

No description available.

 

हामी दुईजना कर्मचारी छौँ, पालो गरेर कार्यालयमा बस्छौं,  'लामखुट्टेले टोकेर बस्नै सकिदैन', अधिकारी पीडा व्यक्त गर्छन् ।
नगरपालिकाको डम्पिङ साइड नहुदा बजारभरिको सबै फोहोर हुलाक कार्यालयको प्रांगणमा जम्मा गरिने गरिएको छ । 
स्थानीय निकायले सुन्दै नसुने पछि मन्त्रालय सम्म उजुरी पुर्याइएको अधिकारीको भनाइ छ । उजुरी गरेको भएता पनि सहयोग गर्ने आश्वासन मात्र पाउने गरेको उनी दुखेसो गर्छन् ।
डम्पिङ साइड संगै जोडिएको छ कबर्डहल । कबर्डहल त्यही गोदाम घर हो जहाँ लाखौं मूल्य पर्ने खाद्यान्न नगरको लापरबाहीका कारण कुहिएर विवादास्पद बनेको छ । फोहोरको थुप्रोबाट पैदा भएका मुसाहरु गोदाममा छिरेर खाद्यान्न नष्ट गरेको हुन सक्ने समेत समेत आशंका गरिएको छ।
Views: