d

बन्दाबन्दिमा बिपन्नलाई खेमराजको सहयोग , राहत स्वरुप  २० परिवारले पाए अत्यावश्यक खाद्यान्न 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
युवराज रेग्मी 
जेष्ठ ७ ,झापा /
 बिश्वभर महामारीको रुपमा द्रुत गतिमा फैलिइरहेको कोरोना भाइरस कोभिड- १९ संक्रमणको प्रभाव नेपालमा पनि दिनानुदिन बढीरहेको छ ।
     अल्पबिकसित मुलुक नेपालमा अधिकाम्स बिपन्न मानिसहरु दैनिक ज्याला मजदुरि गरि जिबनयापन गर्ने गर्द्छ्न ।
हुने खाने भन्दा हुदा खाने अथवा परिश्रम गरि आफ्नो दैनिकी गुजारा गर्ने बर्गलाइ कोरोना माहामारिले निम्त्याएको बन्दाबन्दिको  प्रभाबले प्रत्यक्ष रुपमा असर पुर्याएको छ । 
कतिपय बिपन्न गरिब परिवारको घरमा साबिक रुपमा  चुलो बल्न सकेको छैन ।
मीठो मसिनो खाने र राम्रो लगाउने सपना र चाहानालाई थाती राखेर  एकातिर गरिबिले गिजोलीरहदा  अर्कोतिर  बन्दाबन्दिको मारले  बिपन्न बर्गलाइ थप पीडा र बेदनाहरु थोपरिदिदा उनिहरुको जीवनस्तरको  बिकासक्रम एकादेसको कथा जस्तो कहालीलाग्दो बन्दैगएको  देखिन्छ ।
अर्कोतर्फ  बिपद ब्यबस्थापनका निम्ति  दीर्घकालिन सोचबिकासमा उदासीन देखिएको  सरकार निरन्तर सत्तालिप्सामा मात्र उद्घत रहेको देखिन्छ ।
अर्कोतर्फ यदा कदा फाट्टफुट्ट  रुपमा नागरिकस्तर बाट  एकआपसमा सेवाभाबले  बिपत्तिमा सरसहयोग जुट्नेकार्य हुँदै आएको पाइन्छ ।
यसै सन्दर्भ अनुरुप झापा जिल्लाको गौरादह नगरपालिका वडा न २  क्याम्पसमोड निवासी   निर्माण व्यावसायी तथा राप्रपा नेता खेमराज तिम्सिनाले  आज शुक्रबार  बिपन्नलाई राहत स्वरुप अत्यावश्यक खाद्यान्न चामल दाल र नुन उपलब्ध गराएका छ्न ।
 गरिबबिपन्न तथा मजदुर बर्गलाई सहयोग पुर्याउने हेतुले गौरादह निर्माण सेवा प्रा. लि. नामक व्यावसायका संचालक तिम्सिनाले  आफ्नो मनलाई फराकिलो पार्दै  कोरोना महामारिको बिपत्तिमा परेका     
२० बिपन्न परिवारलाई  दैनिक गुजाराका निम्ति अत्यावश्यक  खाद्यान्न राहत स्वरुप  रु २५ हजार  बराबरको खाधान्न प्रती परिवार  रु १२५० मुल्यको  खाधान्न प्याकेज  अन्तरगत   २० केजी चामल , १.५ केजी दाल र १ प्याकेट खाने नुन  उपलब्ध गराएका हुन ।
 राहत सामग्री हातमा लिदै गौरादह नगरपालिका वडा न ८ जुरोपानीका एक  बिपन्न वृद्धले गहभरी आँसु बनाउदै भने " जीवनका ६५ औं वसन्त पार  गर्दैगर्दा गतसाल बाट त  चाडपर्व आए जस्तो तिथि मिति हेरेर  कोरोनाको कहर सहर बाट गाउँबस्तिबस्तिमा बिचरण गर्न बर्सेनी आउन थाल्यो  ! ऐलेसम्म मेरो  जीवनकालमा  यस्तो कुनै साल देखे जानेको थिइन ! पहिले पहिले चैत्र महिनामा दसैं आउथ्यो, ऐले त  जीवन लाई मृत्युमा बदल्ने कोरोना नामको दसा घरघर आएर   गरिबलाई निरन्तर पिडा माथी पीडा  दिदै सताउदैछ । जीवनको उत्तरार्दमा सुखसाथ मर्न पनि पाइदैन होला !"
यस्तै यस्तै पिडा र बेदनाका आबाज हरु हिजोआज गाउँका  बस्तिबस्तिमा यत्रतत्र असरल्ल पोखिएको सुनेर  आफुले संचानल गरेको व्यबसाय बाट आर्जन गरेको मुनाफाको हिस्साबाट  सस्थागत सामाजिक उत्तरदायित्व (corporate social responsibility ) बहन गर्दै बिपत्तिमा समाजमा रहेका निमुखा बर्गलाइ आफुले  सहयोग उपलब्ध गराएको  तिम्सिनाले  बताए ।
सहयोग हस्तान्तरण गर्दै उनले  समाजमा रहेका  सहयोगी मन हरुलाइ  समाजमा रहेका बिपन्नको दैनिकी गुजारामा सहयोग स्वरुप राहत  जुटाउन अपिल समेत गरेका छ्न ।
Views: