d

गौरादह नगरपालिकाको कम्पाउन्ड भित्रै  गाडियो ५ हजार किलो चामल

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: गौरादह नगरपालिकाले  ५ हजार किलो चामल खाल्डो खनेर गाडेको छ । राहतको लागि भनेर गतवर्ष नगरपालिकाले खरिद गरेको चामल नगरपालिका परिसर मै जे सी बी ले खाल्डो खनेर गाडिएको स्थानीयले बताएका छन् ।
No description available.अलपत्र अवस्थामा भेटिएको चामलको बोरा खोलेर हेर्दा 
विभिन्न संघसंस्था र देश बिदेश बाट समेत संकलित पैसाले खरिद गरिएको उक्त चामल कुहिएको भन्दै खाडल खनेर गाडिएको बताइएको छ।  चामल  पुरिसके पछि मात्र थाहा पाएका स्थानीयहरु डिस्पोज गरिसकेपछि मात्र उक्त स्थानमा पुग्न भ्याएका थिए।  
'हामी आइपुग्दा जनप्रतिनिधि कोहि थिएनन्, चामल पुरेर गाडी जे सी बी पनि त्यहाँ बाट हिडिसकेको थियो', नगरपालिकामा भेटिएका एक स्थानीयले भने।  
  गाडिएको स्थानमा केही चामल छरिएको देखिन्छ भने  नगरपरिसर बाहिर सडकमा एक बोरा चामल अलपत्र अवस्थामा भेटिएको थियो । गाड्दा गाड्दै पनि केही व्यक्तिले चामलका बोरा लिएर गएको बताइन्छ ।

No description available.

नगरपालिका बाहिर सडकमा भेटिएको चामलको बोरा 
स्थानीय खेमराज तिम्सिना भन्छन् , 'खाद्यान्न  पुर्नु भन्दा गौशालामा पठाएको भए राम्रो हुनेथियो, अनाज गाड्नु राम्रो पक्ष हुँदै  होइन।' 
आफैंले जिताएका जनप्रतिनिधि खाद्यान्न  गाड्छ्न् भनेर  सपनामा पनि नसोचेको उनि  बताउछन् ।
ठूलो परिमाणमा गाडिएको बारेमा आक्रोशित देखिएका राप्रपा क्षेत्रीय उपाध्यक्ष समेत रहेका तिम्सिनाले निषेधाज्ञाका कारण हातमुख जोड्न बन्चित भएका मजदुरवर्गलाई आफ्नै क्षमतामा खाद्यान्न वितरण समेत गर्दै आएका छन् । उनले अहिलेसम्म १९ परिवारलाई राहत उपलब्ध गराइसकेको र अझै धेरै जनाले टेलिफोन गरेर राहतको लागि अनुरोध गर्ने गरेको तिम्सिना बताउछन् ।

No description available.

चामल डिस्पोज गरेको थाहा पाएपछि नगरपालिकामा भेला भएका स्थानिय
पूर्ण रूपमा सडेको भनिएता पनि सडकमा अलपत्र अवस्थामा भेटिएको खाद्यान्न हेर्दा चराचुरुङ्गी र पशुचौपायालाई खुवाउन मिल्ने खालको भएकोले डिस्पोज नै गर्नु नपर्ने स्थानीयको विश्लेषण छ ।
 सडेको नै भए पनि मेरो माछा पोखरी छ, किनेरै लान्छु भन्ने एक स्थानियलाइ समेत चामल बेच्न अस्विकार गरिएको स्थानीयमा चर्चा छ।  
खाद्यान्न  किन पुरियो भन्ने जिज्ञासा राख्न टेलीफोन गर्दा  नगरप्रमुख रोहित कुमार साहले फोन उठाएनन् भने उपप्रमुख गिता भेट्वालले भने २ दिन पहिले नै चामल गाड्ने निर्णय सहितको मुचुल्का खडा गरिएको र कहिले र कहाँ गाड्ने भन्ने बारेमा आफुले थाहा नपाएको बताइन् ।

No description available.

गाडिएको स्थानमा छरिएको चामल 
आफुले थाहा नपाएको बताउने उपमेयर भेट्वाल ३ हजार किलो चामल मात्र गाड्ने निर्णय गरिएको र अन्य २ हजार किलो चामल अझै मौज्दात रहेको दावी भने गर्छिन् ।
चामल मौज्दात रहेको बताइदै गर्दा सडेको भनिएको चामल राखिएको सर्टर भने आज बाट खाली गरेर घरमालिकलाई चावी जिम्मा दिएको बुझिएको छ ।
'करिब ४ बजेतिर आएर सबै चामल लिएर गए, घर भाडा  र चाबी पनि थमाए ।', घरधनिले बताए ।
चामल गाडिएको थाहा पाएपछि विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता र पत्रकारहरु नगर परिसमा भेला भएका थिए ।
आफुहरुलाई पत्तै नदिइ ठूलो धनरासीको खाद्यान्न खाल्डो खनेर गाडिएको भन्दै स्थानीयले गम्भीर आक्रोश व्यक्त गरेका छन् ।
Views: