d

प्रधानन्यायाधीशको कानुन व्यवसायीहरुलाई निर्देशन: '१५ मिनेटमा बहस सक्नुहोस्'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न कानुन व्यवसायीहरुलाई निर्देशन दिएका छन् । संसद् विघटनविरुद्ध परेका रिटमाथिको बहसमा सहभागी कानुन  व्यवसायीहरुलाई प्रधानन्यायाधीश राणाले यस्तो निर्देशन दिएका हुन्।
शुक्रबार ११ वटा रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । 
इजलासममा प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ तोकेका छन् । संसद् पुनरस्थापना र विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई  प्रधानमन्त्रीमा नियुक्तको माग गर्दै ३० वटा मुद्दा सर्वोच्च अदालतमा दायर भएका छन्।
Image: myrepublica.nagariknetwork.com
प्रधानमन्त्री ओलीले ६ महिनाको अवधिमा दुई पटक संसद विघटन गरिसकेका छन्। पहिलो पटक गत ५ पुसमा र दोस्रो पटक जेठ ७ गते संसद विघटन गरेका हुन्।संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्चमा दर्जनौं रिटको सुनुवाइ गर्दै पहिलो पटक सर्वोच्चले संसद पुनर्स्थापित गरिदिएको थियो। अन्नपुर्ण।  
 
Views: