d

कमलमा एमालेको ज्ञापन पत्र: रेल मुवाब्जा र रतुवा तटबन्ध तत्काल संचालन गर्न माग

Views:
Responsive Image Gallery
Responsive Image Gallery
विकास अधिकारी 
झापा:  कमल गाउँपालिका वडा नं. ६ विभिन्न समस्याहरु उठान गर्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको छ । नेकपा एमाले वडा कमिटी वडा न ६ को अगुवाइमा ज्ञापनपत्र बुझाइएको हो ।

 

No description available.

 

ज्ञापनपत्रमा रतुवा खोलाको कटान नियन्त्रणमा यथासिघ्र पहल गर्न भनिएको छ ।
ज्ञापनपत्रमा कोभिड संक्रमण नियन्त्रण गर्न  स्वाब संकलनको लागि घुम्ती सिविर सञ्चालन गर्न माग गरिएको छ ।
ठेक्का टेन्डर प्रक्रिया बाट निर्माण सम्पन्न बिकास निर्माणका कार्यक्रमहरु कमजोर र गुणस्तरहिन भएकोले उपभोक्ता समिति मार्फत गराउन सुझाव दिइएको छ। 

 

No description available.

 

रेलबिभागले रोक्का गरेका जग्गाको उचित मुवाब्जाको लागि पहल गर्न माग गरिएको छ ।

 

Mono and metro, railway projects on trackतस्बिर: राइजिङ्ग नेपाल 

 

No description available.

 
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा एमाले गाउँ कमिटि अध्यक्ष भिम राइ, वडा नं. ६ गाउँकमिटी अध्यक्ष टंक प्रसाद सापकोटा, उपाध्यक्ष युवराज पाठक तथा सचिब दुर्गा बहादुर थापाको उपस्थिति थियो भने गाउँपालिकाको तर्फ बाट अध्यक्ष मेनुका काफ्लेलाई, उपाध्यक्ष बेणु प्रसाद सिवाकोटी तथा प्रमुख प्रशासकिय अधिकृत सुभाष श्रेष्ठको उपस्थिति रहेको थियो। 

 

No description available.

 

ज्ञापनपत्र बुझ्दै अध्यक्ष काफ्लेले अत्यन्तै महत्त्वपूर्ण विषयवस्तुहरु उठान गरिएकोले वडा कमिटीलाई धन्यवाद दिइन् ।
गाउँपालिकाले आफैं निर्णय गर्न सक्ने  विषयमा तत्काल सम्बोधन गरिने र सम्बन्धित निकाय तथा बिभागमा पहलकदमी गर्नुपर्ने कुराहरूमा आवश्यक कदम चालिने विश्वास दिलाइन् ।
बिज्ञप्तीको पुर्ण पाठ:

 

No description available.

No description available.

 

 

 

Views: