d

जीवन राई चामल बाडेर चर्चामा, नगरपालिका चामल खाडलमा हालेर चर्चामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पंकजा भण्डारी 
झापा: निषेधाज्ञाको समयमा मजदुरले खाने चामल खाडलमा हालेर नगरपालिका चुपचाप बसेतापनि दाताहरू भने नगर भित्रका अतिबिपन्न मजदुरको घर घरमा पुगेर खाद्यान्न वितरणमा लागेका छन् । कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको निषेधाज्ञाबाट भोको पेट बस्न बाध्य गौरादहका विपन्न र मजदुरको जीवन रक्षक बन्दै दाताहरूले खाद्यान्न दान गर्न थालेका हुन् । 
यस्तै मजदुरको लाइफलाइन बनेर सेवामा खट्ने मध्येका एक सहयोगी दाता हुन् गौरादहका पुर्व वाणिज्य संघ अध्यक्ष जीवन राई ।  राई आइतबार दिनभर वडा नं. ७ का पीडित परिवारको सेवामा व्यस्त रहे । 
दुख परेका बेला मानवको लागि मानव नै भगवान बन्न सक्नुपर्छ भन्ने बलियो सन्देश दिदै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा प्रजिना कन्स्ट्रक्सनका संचालक समेत रहेका राईले व्यक्तिगत योगदानमा २५ घर परिवारलाई करिब एक महिना पुग्ने खाद्यान्न वितरण गरेका हुन् । 
'उल्लेखनीय पक्ष त के भने एक मजदुरको घरमा खाद्यान्न अभाव भएर भोकभोकै बसेका छन् र सो परिवार निकै संकटग्रस्त अवस्थामा छ भन्ने सूचना पर्दाफास टिमलाई प्राप्त भएको थियो र तत्कालै हाम्रो टिम  रिपोर्टिङको लागि पुग्दा राईको टोलीले उक्त घरमा राहत प्याकेज डेलिभरी गरेर फर्किसकेको पाइएको थियो। '
कांग्रेस पार्टी बाट निर्वाचित नगरप्रमुख र नगर कार्यपालिकामा नेकपा एमालेको स्पष्ट  बहुमत भएको गौरादहमा मजदुरले खाने अनाजको उचित भण्डारण गर्न नसक्दा २ ट्रक चामल गतहप्ता मात्र खाडलमा पुरिएको थियो ।   चामल गाडेको खबर देश बिदेश हुँदै  प्रधानमन्त्री कार्यालय सम्म  सञ्चारकर्मीले पुर्याएका र जनप्रतिनिधिले अकर्मण्यता प्रस्तुत गरे भनेर गाउँ गाउँमा चामल गाडिएको घटनाले चर्चा पाउदै गर्दा मजदुरको घरमा जीवन रक्षक बनेर पुगेका कांग्रेस नेता राईको सेवाभावलाई राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ । 
Views: