d

मन्त्री आर्यालको घोषणा: दुई वर्षभित्र हामी दुध उत्पादनमा आत्मनिर्भर बन्छौँ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेकी छन् ।
विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले यस्तो बताएकी हुन्।  ।
‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौँ । प्रति व्यक्ति ११ लिटर दुध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पूरा गर्छौं’ मन्त्री अर्यालले भनिन् ।
 
मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताइन् । दुग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताइन् ।
दुग्ध क्षेत्रमा रहेका तमाम समस्याप्रति सरकार संवेदनशील भएर अगाडि बढ्ने पनि उनले बताइन् । डिडिसीले दैनिक एक लाख लिटर दुध संकल गर्नुपर्ने अवस्था भए पनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको छ ।

 

 

Image: The Rising Nepal
Views: