d

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता बिदेशीले लादेका एजेन्डा हुन् - कमल थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, संघियता र धर्मनिरपेक्षता बिदेशीले लादेका एजेण्डा भएको बताएका छन् । सामाजिक संजालमा ट्विट गर्दै अध्यक्ष थापाले बिदेशी  शक्ति 'रअ' इसारामा लादिएको गणतन्त्र बारे बिस्तारै रहस्योद्घाटन हुँदै जाने बताएका हुन् । 
अध्यक्ष थापाले लेन्डुप दोर्जेले पनि जनताको अधिकार र प्रजातन्त्रको निम्ति सिक्किमका दल, नेता र जनताले राजा हटाएको दावी गर्ने गरेका थिए भन्दै मृत्यु शैयामा छटपटाएको बेला मात्र पश्चाताप स्वीकारेको बताएका छन्  । 
अध्यक्ष थापाको ट्विट जस्ताको तस्तै 
लेण्डुप दोर्जेले पनि जनताको अधिकार र प्रजातन्त्रको निम्ति सिक्किमका दल/नेता/जनताले राजा हटाएको दावि गर्थे।‘रअ’ले उचालेर आफूहरूले सो काम गरेको सत्य मृत्युशैयामा रहेको बेला मात्र उनले पश्चातापसहित  स्विकार गरे।
कतिपयलाई तितो लाग्न सक्छ। 
नेपालमा पनि गणतन्त्र,संघियता र धर्मनिरपेक्षता बिदेशीले लादेका एजेण्डा हुन्।विस्तारै रहस्योद्घाटन हुंदैछ। दल/नेता/जनतालाई निमित्त बनाईएको हो, असली सुत्रधार ‘रअ’ र बिदेशी शक्ति हुन्।
Views: