d

उद्योगी दिपेन्द्र पोखरेलको निधनले सिंगो बिर्तामोड शोकमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

श्याम अधिकारी

विर्तामोड: लामो समय देखि बिर्तामोडमा निर्माण व्यवसाय तथा  प्लाइउड उद्योगमा आवद्ध समाजसेवी दिपेन्द्र पोखरेलको निधनले बिर्तामोड शोकमा डुबेको छ।  कोरोना संक्रमित ५३ वर्षीय काठमाडौँमा उपचार भइरहेको पोखरेलको गए राती काठमान्डौको नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।  

स्व पोखरेल तत्कालिन झापा जिल्ला पंचायतका अद्यक्ष सम्भु पोख्रेलका सुपुत्र हुन्।   निर्माण व्यवसायी संघ झापामा एक कार्यकाल अद्यक्ष रहेका उनि नेपाली कांग्रेसका सक्रिय कर्ताकर्ता समेत रहेकाको जनाइएको छ।  

 बिर्ता बजारका पुराना बासिन्दा पोखरेल सामाजीक क्षेत्रमा हमेसा अग्रपंतिमा रहने व्यक्तिको रुपमा चिनिन्छन् ।   

पारिवारिक स्रोतका अनुसार अहिले बिहान ८ बजे हेलिकप्टरमार्फत उनको पार्थिव शरीर झापा ल्याइनेछ र आजै कनकाई आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।

पोखरेलका पत्नी, एक छोरी र एक छोरा छन् ।

Views: