d

पक्राउ पर्ने भनिएकी संग्रौला दिन भर राहत वितरण गर्न व्यस्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: प्रहरी लगाएर पक्राउ गरिने भनिएकी सामाजिक अभियन्ता ज्वाला संग्रौला हिजो शुक्रबार दिन भर झापाको बेलडाँगीमा स्वास्थ्य सामाग्री वितरण गर्न व्यस्त रहिन्।  संग्रौलाले फेसबुक पोस्ट मार्फत आफु विरुद्द प्रहरी परिचालन गरिएको बताएकी थिइन्।  

 

 

May be an image of standing and outdoors

अभियन्ता संग्रौलाले गौरादह नगरपालिका परिसरमा गाडिएको ५ हजार किलो  चामलको  विषयको चर्को विरोध गर्दै आएकी छिन्।
 
May be an image of one or more people, people standing, people sitting and footwearचामल पुरिएको विषयमा गौरादह नगरपालिकामा 

 

संग्रौलाले आफ्नो घर खोज्न महिला प्रहरीहरु परिचालन गरिएको थाहा पाएको बताएकी छिन्।  

 

इलामको चुलाचुलीमा राहत तथा स्वास्थ्य सामग्री वितरण गर्न पुगेकी अभियन्ता संग्रौला 
 
संग्रौलाले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकी छिन् , 'गौरादहमा जनताको पसिनाबाट राहत स्वरुप आएको ५ हजार बोरा चामल कुहाएर जनप्रतिनिधिले खाल्डो खनेर गाडेको बिषयमा  मैले दरो  खरो आवाज उठाएपछि जबाफ दिनुको सट्टा मेरो घर खोज्न जिल्लाका प्रहरी खटाएछन् ! थुक्क लाचारहरु!जनताको अदालतमा उभिएर चामलको नालीबेली दिने दम छ? मलाई के गर्छौ ल गरेर देखाउ त। तिमीहरुका काला कर्तुतको बीच सडकमा भण्डाफोर नगरि राजधानी छिर्दै छिर्दिन ! न म तिमीहरुको सत्तासंग डराउॅछु , न त कुनै छोटे महाराजसंग नै ..! आफ्नो गल्ती ढाक्न रास्ट्रसेवकहरुलाई जसरी मन लाग्यो त्यसरी दुरुपयोग गर्ने तिमीहरु जस्ता गैरजिम्म्मेवार मान्छेको हिसाब अब मलाई चलाएपछि एक हुन्छ , दुई हुन्छ ..!'
 
May be an image of one or more people, people standing, tree and outdoors
 
संग्रौलाले शनिवार मध्यरातमा पुन: फेसबुक स्टाटस लेख्दै भनेकी छिन् ,'दिनभरि राहत कार्यक्रममा ब्यस्त थिएं! यता घरमा भने जनताको लागि आएको राहतको चामल कुहाएर गाड्ने महाराजहरुले सिभिल प्रहरी पठाएछन् फेरि ..! हैन यिनीहरुले दादागिरी देखाएकै हो त सत्ता र शक्तिको आडमा? के हेर्दै छ गौरादह ?'
 
May be an image of 3 people, people standing, people sitting and indoorबेलडाँगी शिविरमा राहत तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा संग्रौला
 
 
अभियन्ता संग्रौला कोभिड १९ को दोश्रो लहर चले संगै राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्न झापा भर सक्रिय छिन्। गौरादहको चमाल काण्डको विषयलाइ लिएर पक्राउ गर्ने भनिएता पनि  हिजो शुक्रवार पनि उनि दमक स्थित बेलडाँगी शरणार्थी शिविरमा दिन भर राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्न व्यस्त नै थिइन्।   

 

 

May be an image of indoor
May be an image of 1 person and standing
 
May be an image of 1 person and text that says 'UFC'
May be an image of one or more people, people standing and outdoors
 
 
 
 
Views: