d

गौरादह  नगरपालिका द्वारा कक्षा - ८ को वार्षिक परीक्षाफल  प्रकाशन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सुजन कट्वाल 
पर्दाफास, जेठ ३१ झापा:  गौरादह नगरपालिकाले नगरभित्रको सामुदायिक / संस्थागत विद्यालयको कक्षा - ८ को नतिजा प्रकाशन गरेको छ। कोरोना भाइरसको दोस्रो लहर आएकोले गर्दा भौतिक उपस्थित गरेर परिक्षा संचालन गर्न सम्भव नभएकोले गर्दा नगरपालिकाले विद्यार्थीको विद्यालयले दिएको आन्तरिक मुल्यांकन अनुसार गौरादह नगरपालिकाको वेबसाईट मार्फत नतिजा प्रकाशन गरेको हो।
नतिजा www.gauradahamun.gov.np मा हेर्न सकिने छ। 
नगरपालिकाको निर्णय अनुआसार विद्यार्थीले सम्पुर्ण विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक समेत गरेर कम्तीमा D+ सम्मको ग्रेड ल्याए मात्र कक्षा कक्षाेन्ति गरिने जनाएको छ।  

कोरोनाको दोश्रो भेरिएण्ट आए संगै गौरादह क्षेत्रका बिद्यालयहरुको वार्षिक परिक्षा समेत प्रभावित भएको थियो।  असार देखि नयाँ शैक्षिक सत्र सुरु हुने लाग्दा आन्तरिक मुल्यांकनका आधारमा नतिजा तैयार पारिएको बताइएको छ।  

Open Photo

 

 

 

Views: