d

कोरोना महामारीका  बीच परीक्षा संचालन गर्ने भद्रकाली मा.वी. को तैयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुजन कट्वाल

पर्दाफास, असार १ झापा / झापाको गौरादह नगरपालिका - ५ स्थित भद्रकाली मा.बि ले कोरोना महामारीको बिचमा पनि कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ। विद्यालयका अनुसार स्वास्थ्य मापदण्डलाई पालना गरि आउदो असार २ गतेबाट कक्षा ११ को वार्षिक परिक्षा संचालन गर्न लागेको बताइएको  हो।

भद्रकाली मा वी ले आफ्नो फेसबुक प्रोफाइलमा लेखेको छ , 'यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु वार्षिक परीक्षा यहि मिति २०७८ -०३ -०२ गते बाट हुने भएकोले बिद्यालयलाइ बुझाउनुपर्ने शुल्क २०७८ -०२ - ३० सम्म बुझाउन सुचित गरिन्छ। '

 

No description available.

 

प्रधानाध्यापक भन्छन्, 'स्वास्थ्य सावधानीका साथ विद्यार्थीका  घर घर मा परीक्षा संचालन गरिनेछ'  

शुल्क नबुझाउने बिद्यार्थीले परिक्षा दिन पाउने नपाउने तथ्य उक्त सुचनामा उल्लेख गरेको पाइदैन भनें कस्तो स्वास्थ्य सावधानीका साथ परीक्षा संचालन गर्ने हो उक्त विषयमा पनि सुचना जारी गर्दा खुलाएको देखिदैन।
 
विद्यालयका प्रध्यानाध्यापक रेवलाल श्रेष्ठ नयाँ शैक्षिकसत्र सुरु हुनलागेको भन्दै कक्षा ११ संचालन गर्न लागेको बताउछन्।  

पर्दाफास प्रतिनिधि संगको टेलिफोन संवादमा प्रधानाध्यापक श्रेष्ठले भने, ' प्रत्येक विद्यार्थीको घरघर प्रश्नपत्र लगेर वा विद्यार्थीलाई पायक पर्ने ठाउँमा परिक्षा संचालन गर्ने तैयारी गरिएको छ। '

परीक्षा संचालनमा केन्द्रित भई रहदा शिक्षकहरुलाई कस्तो स्वास्थ्य सावधानी अपनाइन्छ भन्ने तथ्यमा समेत बिद्यालय गम्भीर द्खिएको पाइदैन।  

भद्रकाली मा वी ले ११ को परीक्षा संचालन गर्ने बताइरहदा आन्तरिक  मुल्यांकनको अधिकार बिद्यालयलाइ नै रहेको बताउछन् नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी।  

' शिक्षा मन्त्रालय द्वारा जारी ७/८ वटा  मापदण्डमा स्वास्थ्य सावधानीका साथ परीक्षा संचालन गर्ने अधिकार बिद्यालयलाइ छ,  वहाँहरुले आफ्नो तरिकाले आन्तरिक मुल्याकन गर्न लाग्नु भएको हुन सक्छ। ', रेग्मीले बताए।  

शुल्क बुझाउन नसक्ने बिद्यार्थीको हकमा भने बिद्यालयले निश्चित नर्म्स बनाउनु पर्नेमा नगर शिक्षा प्रमुख रेग्मीले जोड दिए।  

कोरोना भाइरसको दोस्रो लहर आएपछि विद्यालय चैत १४ गतेबाट बन्द थियो। हाल विद्यालयमा कक्षा ११ को परिक्षा दिने विद्यार्थीको संख्या ६० रहेकोे बताइएको छ।  

Views: