d

गौरादह: रङ्गपुर-सितापुरी जोड्ने गेउरिया खोला पुल निर्माणमा ढिलासुस्ती

Views:
Responsive Image Gallery
Responsive Image Gallery
तत्काल निर्माण सुरु हुन्छ- नगेन्द्र भण्डारी

संघीय सरकारका योजना बारे मलाई थाहा हुदैन - पृथ्वीपति राई


पंकजा भण्डारी 
पर्दाफास, असार १ / झापा: गौरादह १ स्थित सितापुरी चोकबाट रङ्गपुर जाने पिच सडकमा पर्ने गेउरिया खोलामा पुल बन्न सकेको छैन । वरपरको भागमा पिच बनिसक्दा पनि पुल निर्माण नभएको पाइएको हो ।

 

No description available.

वर्षौ अगाडी निर्माण भएको 'कज वे' को सहारामा आवतजावत गर्ने स्थानीयले  हरेक वर्षा याममा पुल माथि सम्म बाढी आउदा सास्ती भोग्नु परेको स्थानीयहरु पीडा व्यक्त गर्छन्।

२०५२/०५३ तिर निर्माण भएको 'कज वे' जिर्ण अवस्थामा पुगेको छ

 

No description available.

 

'मेरो घर यहीँ रङ्गपुर बजारमा पर्छ, लेदोले 'कज वे' को ढवाङ्ग पुरिदा पटकपटक आगो लगाएर लेदो नष्ट गर्नुपर्छ, मैले नै धेरै पटक खोला भित्रै पसेर ढवाङ्ग सफा गरेको छु। ', श्रेष्ठले भने ।

पन्चायतकालमा तत्कालीन गाउँपन्चायतले  काठको पुल बनाइदिएको स्मरण गर्दै स्थानीय केसरी प्रसाद दंगाल भन्छन्,
'काठको पुल भत्किएपनि पक्की पुल त बन्यो तर बर्खाको बाढी पुल ('कज वे')  माथी सम्म आउँदा हिडडुल गर्नै समस्या हुन्छ, नयाँ पुल बनिन्छ भन्छन् तर कहिले बनिने हो थाहा छैन।'

 

No description available.बाढीले बगाएर ल्याएको लेदोले पुरिएको ढ्वाङ्ग

कमल ७ र गौरादह १ लाई जोड्ने यो पुलको निर्माण बारेमा आफू  पूर्णरूपमा अनभिज्ञ रहेको बताउछन् कमल ७ का वडा अध्यक्ष पृथ्वीपति राई ।

'संघीय सरकारको योजना हो, योजनामा परेको भन्ने बुझेको छु, तर पुल कहिले बन्छ मलाई थाहा भएन ।'

भत्किएर जिर्ण बनेको 'कज वे' हटाएर पक्की पुल बनाउने योजना रहेको बताउछन् गौरादह १ का वार्ड अध्यक्ष नगेन्द्र भण्डारी ।

'प्राबिधिक कारणले ढिलाइ भएको होला , तत्कालै पुल निर्माण सुरु हुन्छ' वडाध्यक्ष भण्डारीले भने ।

'पुलको डि पि आर भएर ठेक्का पनि लागि सकेको छ, सडक पिच संगै पुल निर्माणको कार्यपनि एउटै योजनामा परेकोले तत्कालै निर्माण शुरु हुने निश्चित छ।' वडा अध्यक्ष भण्डारीको भनाइ छ ।  

Views: