d

संसद विघटन मुद्दामा चार सदस्यीय एमिकस क्युरी तोकियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले  प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएका एमिकस क्युरी तोकेको छ। अदालतका सहयोगीको रुपमा चारजना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रुपमा तोकिएको हो।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको छ भने सर्वोच्च बार एसोसिएसिनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीको रुपमा पठाउने निर्णय गरेको हो। 
  
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएनबाट दुईदुई  वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध  गराउन आदेश दिएको थियो। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट मुद्दामा सहयोग गर्नेगरी एमिकस क्युरी माग गरेका थिए। सोही अनुसार मंगलबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन कार्यसमिति बैठकले वैद्य, मल्ला, घिमिरे र केसीको नाम सिफारिस गरेको हो। अन्नपुर्ण पोस्ट। 

Views: