d

काठमाडौं महानगरले मेलम्चीका बाढीपीडितलाई  २ करोड सहायोग गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ : सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितहरूलाई काठमाडौं महानगरपालिकाले दुई करोड सहयोग गर्ने भएको छ।

 बिहीबार नगरसभाको नवौं अधिवेशनको पहिलो  बैठकलाई सम्बोधन गर्दै  काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सहयोगको घोषणा गरेका हुन्।

 मंगलबार आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि  सहयोग गर्न लागेको  महानगरपालिकाले जनाएको छ। 

 
मंगलबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीको लोर्केमा खसेको पहिरोले नदी थुनिएपछि मेलम्चीमा बाढी आएको थियो।

Views: