d

बारा युवा संघ राहत तथा स्वास्थ्य सामग्रीसाथ मेलम्चीमा    

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं– युवा संघ नेपाल बाराले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहत तथा स्वास्थ्य साम्रागी वितरण गरेको छ ।

आइतबार मेलम्ची नगरपालिका पुगी जिल्ला समन्वय समितिका सभापति गोपाल तामाङलाई राहत तथा स्वास्थ्य सम्रागी हस्तानतरण गरेका हुन्।

राहत वितरणका लागि संघका सचिव लक्ष्मण घिमिरे र भेषराज शाहको नेतृत्वमा केन्द्रिय सदस्य गणेश रिजाल र अनिल भण्डारी मेलम्ची नगरपालिका पुगेका थिए ।

त्यस्तै, बारा जिल्ला अध्यक्ष राम यादव, उपाध्यक्ष आर के भट्टराई, कलैया नगर अध्यक्ष हरि ओम शाह, नगर सचिव जितेन्द्र शाह, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष हिमेश तामाङ र सिमरा नगर सदस्य सुमन गुवाजुको पनि सहभगिता रहेको थियो ।


युवा संघ नेपाल बाराले चामल, चिउरा, चाउचाउ, दालमोट, बिस्कुट, तेल, मास्क वितरण गरेको हो । केन्द्रीय कमिटीको नीतिअनुसार संघको बारा र पर्सा शाखाले यी सामग्री संकलन गरेर वितरण गरेको हो ।

तस्बिर : राजधानी दैनिक 

मेलम्ची नगरपालीकाका मेयर डम्बर अर्यालले युवा संघ नेपाल बाराप्रति आभार व्यक्त गरे । उनले भने– ‘त्यत्ति लामो यात्रा गरेर यहाँसम्म आउनु भएको छ मेलम्ची नगरपालिकासहित सम्पूर्ण गाउँपालीकाको तर्फबाट म धन्यबाद दिन चहान्छु ।’

त्यस्तै जिल्ला समन्वय समितिका सभापति गोपाल तामाङले पहाडको दुखाइमा मधेशको साथले उत्साह थपिएको बताए । उनले पहाडमा पहिरो गएको भन्दै तराई पनि डुवानको जोखिममा रहेको बताउँदै तराईलाई सचेत गर्न पनि आग्रह गरे ।

देशमा प्रकृतिक विपद् र राजनीतिक घटना क्रममा युवा संघ जहिले सहयोगमा रहेको केन्द्रिय सदस्य गणेश रिजालले बताए । आफूहरूको हेलम्बु जाने योजना भएपनि सडक अवरुद्ध भएकाले त्यहा पुग्न नसकेको पनि जानकारी दिए ।

तराईको पीडामा पहाडले सदैव सहयोग गरेकाले सो विपद्मा सहयोगले सन्देश पनि प्रवाह गरेको बारा जिल्ला अध्यक्ष राम यादवको भनाई छ ।
आइतबार एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सो टोलीलाई युवा संघ नेपाललको केन्द्रिय कार्यलयबाट विदाई गरेका थिए ।द नेपालटप

 

Views: