d

केकी अधिकारीले माफी नै माग्नु पर्ने के गल्ति गरिन् ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नायिका केकी अधिकारीले सामाजिक संजाल फेसबुकमार्फत माफी मागेकी छिन् । उनले सामाजिक संजाल मार्फत मानव जातीले अन्जानमा पनि गल्ति गरिएको हुन्छ भन्दै माफी मागेकी हुन्। 

उनले सामाजिक संजाल फेसबुकमा उनको आसय छ , 'जानी नजानी कुनै न कुनै प्रकृतीको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य र अदृश्य रुपमा जकडिएको हुन्छ। '

आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मुल पानी सबैलाई विवेक र शक्ति मिलोस् भन्दै केकीले अगाडि लेखेकी छिन्–‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवंम वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु ।’ 

 

 

image: Facebook/keki Adhikari

Views: