d

प्रधानमन्त्रीविरुद्ध जनकपुरधाममा गठबन्धनका बिद्यार्थीहरुको प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा जनकपुरधाममा विपक्षी पाँच दलीय गठबन्धनका भातृसंगठनले प्रदर्शन गरेको छ।

जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संयुक्त विद्यार्थी संगठनको अगुवाइमा नाराबाजी गरिएको थियो।

 

No description available.

 

संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतका संगठनले ओलीविरुद्ध प्रदर्शन गरेका हुन्।

सोही क्रममा प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको भन्दै ओली समूहका राष्ट्रिय युवा संघ धनुषाका कार्यकर्ताले प्रदर्शनको प्रतिकार समेत गरेका थिए।

 

No description available.

संयुक्त विद्यार्थी संगठनको पूर्वनिर्धारित कार्यक्रम अनुसार जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षाकाबीच प्रदर्शनका क्रममा सामान्य झडप भए पनि अप्रिय घटना हुनबाट जोगिएको छ।

रेल्वे स्टेसनबाट सुरु गरिएको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। समापनका क्रममा ओली समूहका युवाहरुले प्रदर्शनकारीमाथि पटकपटक हातपातको प्रयास गरेका थिए। सो क्रममा सामान्य झडपसमेत भएको अखिल क्रान्तिकारी धनुषाका विद्यार्थी नेता मनीष यादवले जानकारी दिए। थाहाखबर।  

Views: