d

सुमन शर्माको राजिनामाले मुख्यमन्त्रीलाई सत्ता संकट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रूपन्देही — लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएकी छन् । पार्टीको सहयोग बिना आफु मन्त्रीपदमा रहिरहन नसक्ने बन्दै उनले राजिनामा दिएकी हुन्।  

जनता समाजवादी पार्टीकोतर्फबाट वैशाख ६ गते नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी थिइन् । 

लुम्बिनी प्रदेश सभामा अहिले ८३ प्रदेश सभा सदस्य छन् । सरकार सञ्चालनका लागि ४२ सदस्य आवश्यक पर्छ । शर्माको राजीनामा पछि एमाले नेतृत्वको सरकारमा नेकपा एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्य भएका छन् ।

शर्माको राजिनामा संगै पोख्रेलको मुख्यमन्त्री पद धरापमा परेको छ ।  
 

Views: