d

संविधान, संसद र लोकतन्त्र जोगियो : नेता नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले दोस्रोपटक गरेको फैसलाले नेपालको संविधान, संसद् र लोकतन्त्र जोगाएको प्रतिक्रिया दिएका छन्।

सर्वोच्च अदालतको फैसला सार्वजनिक भएलगत्तै संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालले भने–‘सर्वोच्चले दोस्रोपटक गरेको यो फैसलाले नेपालको संविधान, संसद् र लोकतन्त्र जोगाएको छ। यसले आम नेपालीले गरेको अपेक्षा अनुसार अदालतले आफ्नो गरिमालाई उँचो बनाएको छ ।’ नेता नेपालले आफूले फैसला पूरै हेर्न बाँकी रहेको बताए। ‘तर, सर्वोच्चले संविधानवाद र संवैधानिक सर्वोच्चताको उच्चतम् व्याख्या गरेको अनुभूति भएको छ’, उनले भने।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै नेता नेपालकै नेतृत्वमा नेकपा एमालेका नेपाल पक्षका २६ जना सांसद्ले हस्ताक्षर गरेका थिए।

Views: