d

कमल एमाले: तिन जनवर्गीय संगठनको पुनर्गठन, सम्पर्क कार्यालय समेत गरियो उद्घाटन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा एमाले कमल गाउँपालिका कमिटिले ३ वटा जनवर्गीय संगठनको नयाँ कार्यसमिति घोषणा गरेको छ।   

 

No description available.

 

 

 कमल गाउँ कमिटीले आफ्नो कमिटी मातहतका ३ वटै जनबर्गीय संगठनहरु राष्टिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान

 

 

No description available.

महासंघको गाउँ कार्यसमिति गठन गर्दै कार्यालयको समेत घोषणा गरिएको हो।  

 नेकपा(एमाले) कमल गाउँ कमिटीका अध्यक्ष  भीमप्रसाद राईको  अध्यक्षतामा भएको घोषणा सभामा प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं. ५ का इन्चार्ज दीपक कार्कीको  प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा तिन वटै जनवर्गीय सङ्गठनका गाउँ कमिटी समेत गठन गरेको छ।

 

No description available.

 

 जसअनुसार  ३२९ सदस्यीय राष्टिय युवा संघ नेपाल , २९ सदस्यीय अखिल नेपाल किसान महासंघ, ३५ सदस्यीय अखिल नेपाल महिला संघको घोषणा गरिएको बताइएको छ।  

 

गाउँ कमिटि सचिब हरि ढकालले संचालन गरेको कार्यक्रममा नव गठित पदाधिकारी तथा संगठित युवा, किसान तथा महिलालाइ विभिन्न वक्ताले  शुभकामना मन्तब्य दिएका थिए।  

 

No description available.


घोषणा सभामा  संक्षिप्त शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि  दीपक कार्कीले सबै जनबर्गीय संगठनहरु एकजुट भई पार्टी निर्माणमा गतिशिल हुनुपर्ने बताए।

 

No description available.

 राजनीतिक व्यथितिको अन्त्य गर्न निर्वाचन आवश्यक रहेको भन्दै नेता कार्कीले ढिलो चाडो मुलुक निर्वाचनमा जाने निश्चित रहेको अवस्थामा पार्टीका जनवर्गीय संगठनले आ-आफ्नो क्षेत्रबाट क्रियाशील भएर पार्टीलाई एक ढिक्का बनाउन लागिपर्नुपर्ने बताए ।  

 

 

No description available.

 

 प्रदेश कमिटी सदस्य तथा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको बिशेष आतिथ्यता, जिल्ला कमिटी सचिवालय सदस्य तथा कमल इन्चार्ज शिव ढुंगेल, जिल्ला कमिटी सदस्य तथा कमल गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, जिल्ला कमिटी सदस्यहरु नारायणप्रसाद गौतम, चक्रबहादुर गुरुङ, राष्टिय युवा संघ नेपालका केन्द्रिय सदस्य  राम पौडेल लगायत कमल गाउँपालिकाका जनप्रतिनिधि, कमल गाउँ कमिटी सचिवालय सहितको उपस्थित रहेको थियोे ।

 

No description available.

 

 

यो पनि पढ्नुहोस:

 

May be an image of Deepak Khadka

 कमल एमालेमा निकै प्रभाव राख्ने युवा हुन्।  खड्का हाल ने क पा एमाले कमल ६ पार्टी कमिटिका सचिब हुन्।  गाउँ पार्टी कमिटिको महत्वपूर्ण जिम्मेवारी पाएका खड्का सिंगो गाउँपालिका भित्रका जनवर्गीय संगठन निर्माणमा समेत निकै ठुलो भूमिका निर्वाह गर्दै आएका छन्।  भर्खरै सम्पन्न ३ जनवर्गीय संगठनको घोषणा सभामा समेत उल्लेख्य भूमिका निर्बाह गरेका छन्।  प्रस्तुत छ यसै सन्दर्भमा पर्दाफास डट कमका सम्पादक सान नेपाल र खड्का बीच भएको कुराकानीको सार संक्षेप :

 

जनवर्गीय संगठन निर्माणमा लाग्नु भएको छ, यो घोषणा सभा बारे बताइदिनुहोस न 

 

पछिल्लो राजनीतिक घटनाक्रम संगै हामीले जनवर्गीय संगठन निर्माण अभियानलाइ तिब्रता दिएका छौं। पार्टीको बलियो प्रकड़ रहेको कमल गाउँपालिकामा समय सान्दर्भिक रुपमा ३ वटा भात्री संगठनको गाउँ कमिटि घोषणा गरिएको छ र शनिवार औपचारिक कार्यक्रम मार्फत सम्पर्क कार्यालयको समेत उद्घाटन गरिएको छ।  

 

 

पछिल्लो राजनीतिक अभ्यासलाइ हेर्दा युवा पंक्तीलाइ राजनीतिक दललाइ खासै विश्वास गरेको देखिदैन नी ?

 

कतिपय परिस्थितिमा तपाईंले भनेको पनि सत्य हो।  यद्यपी हाम्रो गौरवशाली पार्टी नेकपा एमालेले युवाहरुलाइ त्यो रुपमा हेरेको छैन।  युवाले नै पार्टीलाइ जीवन्त राख्न सक्छन भन्ने तथ्यमा पार्टीको तल्लो कमिटी देखी नै एकरुपता नै छ।  जस्तो उदहारणको लागि मलाई नै पनि हेर्न सक्नुहुन्छ।  सानै उमेरमा मलाइ पार्टीले वडा कमिटीको सचिब जस्तो महत्वपूर्ण जिम्मेवारी दिएको छ।  पार्टीले के दियो भन्नु भन्दा पनि मैले पार्टीमा के योगदान पुर्याउन सकेको छु भन्नु महत्वपूर्ण हुन्छ।

 

 

त्यसो भए तपाईंको पार्टी संग युवाहरु आकर्षित छन होइन त ?

 

यूवाहरुलाई चुनावी दौरानमा मात्र झन्डा र डण्डा रहेका निम्ति पाटीले प्रयोग गर्दै आइरहेको सन्दर्भमा अब दिगो तरिकाले पार्टीका गतिविधि विकास निर्माण लगायत अन्य चासोका विषयमा खबरदारी गर्नु राम्रो हुन्छ। हरेक अवस्थामा हातेमालो गर्दै अगाडि बढ्ने जनताको जीवनस्तर उकास्ने कार्यमा पार्टीले ध्यान पुर्याउनु जरुरी छ। यति मात्र होइन बढ्दो शैक्षिक वेरोजगार कम गर्ने कार्यमा समेत पार्टीले गम्भीर ध्यान पुर्याउन आवश्यक देखिएको छ।  

एकातिर युवाहरु कुलतमा फस्दै गएको भयावह अवस्था छ भने अर्को तिर तपाईंहरु राजनीतिक पहुँच कायमै राख्नको लागि तिनै युवाहरुलाइ राजनीतिक संगठनमा समेट्दै हुनुहुन्छ।

 

 

 युवालाइ सही मार्गमा ल्याउनको लागि त कमल एमालेले खासै भूमिका निर्वाह गर्न सकेको देखिदैन नी ?

 

तपाईंको प्रश्न महत्वपूर्ण छ तर पनि मा यो कुरामा पूर्ण सहमत चाहीं छैन।  जनवर्गीय संगठनले युवा समुदायलाइ संगठित हुन मद्दत त अवस्य पुर्याउछ।  संगठनमा आवद्द हुँदै जादा उसले नयाँ जिम्मेवारी संगै सकारात्मक जीवन पद्दतीको बारेमा पनि बुझ्ने मौका मिलेकै हुन्छ ।  
कमल गाउँ पालिका संग मिलेर हामीले युवा तथा महिला लक्षित बिभिन्न कार्यक्रमहरु सन्चालन भइरहेका पनि छन्।  लागु औषध दुर्व्यशनिमा फसेका युवालाइ समाजमा पुनर्स्थापना गर्नको लागि समेत हाम्रा जनवर्गीय संगठनहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उदाहरण प्रशस्त छन्।  

 

No description available.

 

No description available.

 

No description available.

No description available.

No description available.

 

 

Views: