d

मोटरसाइकलको  ठक्करबाट शिक्षक दाहालको निधन, सिंगो गौरादह स्तब्ध

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका डिपुचौक निवासी चेतबहादुर दाहालको दुर्घटनाका कारण निधन भएको छ।  

साँझको समयमा पैदल हिड्दै गर्दा गौरादह बजार  उत्तर सडकमा तीब्र गतिमा आएको मोटरसाइकको  ठक्कर बाट घाइते भइ नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

साविक महारानी झोडा -६ डोरामारी हाल गौरादह न. पा.- ४ डोरामारी स्थाइ घर भइ हाल गौरादह डिपु चौकमा बसोबास गर्दै आउनु भएका  मृतक दहाललाइ  दहाल सरको नामले परिचित हुनुहुन्थ्यो। 

सामाजिक कार्यहरुमा सक्रिय दाहालको निधनले सिंगो गौरादह स्तब्ध भएको छ।  

दाहाल संगै इभिनिंग वाकको क्रममा रहनुभएका स्थानिय व्यवसायी मोहन प्रसाद उप्रेती समेत मोटर साइकलको ठक्कर बाट घाइते हुनुभएको बताइएको छ।  

मोटरसाइकलमा तिन जना सवार रहेको र पदल यात्रा गर्दै गर्दा पछाडीबाट मोटरसाइकलले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ।  

मोटरसाइकलमा सवार मध्ये एकजना सकुशल रहेको र वांकी दुइ जनाको नोबल अस्पतालमा उपचार भइरहको बताइको छ .।  

Views: