d

लोकतान्त्रिक शक्ति सत्तामा हुदाँ पनि भ्रस्टाचार झन् मौलाएको छ - अष्ठलक्ष्मी शाक्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेकपा एमालेकाे माधव नेपाल पक्षकी नेत्री अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरू नेतृत्वमा आइरहे पनि नागरिकहरू जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताएकी छिन्। 

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेत्री शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा रहदै गर्दा  भ्रष्टाचारले देशलाई डुबाइसकेको बताइन्। 

पटक–पटक दलका सरकार आए पनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेत्री शाक्यले यी कुरामा छलफल गरेर नागरिकका समस्या समाधान गर्नुपर्ने र उनीहरूकाे सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताईन् । साथै नेत्री शाक्यले सिर्जनशील युवालाई किन बाँदर बनाएर सडकमा ल्याउनुभएको भन्दै प्रश्न गरिन्।   उनले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताईन्।  
 

Views: