d

'परिवर्तनका लागि युवा अभियान' नेतृत्वमा कलाकार भुवन खड्का (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: परिवर्तनका लागि युवा अभियान गौरादहको नेतृत्व कलाकार भुवन खड्काले लिएका  छन् । सामाजीक विकृति तथा विसंगती बिरुद्द संगठित भएर आवाज उठाउने उद्देश्यका साथ गौरादहमा स्थापना गरिएको  परिवर्तनका लागि युवा अभियानको नयाँ नेतृत्वको कार्यभार खड्काले सम्हालेका हुन्।

 

No description available.

 

 

 शनिवार वडा कार्यालय वडा न १ को सभाहलमा आयोजित कार्यक्रममा खड्काको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ।  नव घोषित कार्य समितिको प्रथम उपाध्यक्षमा मन्तोष निरौला, द्वितीय उपाध्यक्षमा प्रविणा नेउपाने, तृतीय उपाध्यक्षमा खेम कडरिया रहेका छन्।  यसैगरि अभियानको सचिवको जिम्मेवारीमा नविन रिमाल रहेका छन् भने सहसचिवमा सकेन्द्र ताजपुरिया तथा कोषाध्यक्षमा गीता फुंयाल रहेका छन्।  समितिको कार्य समित सदस्यहरुमा अमन राजवंशी, मिलन बस्नेत, उत्तम पोखरेल र बन्दना खरेल रहेका छन्।  

 

No description available.

 

यसैगरि समितिको सल्लाहकारमा सान नेपाल, उमेश कुमार कार्की, अशोक कार्की, कानुनी सल्लाहकार तिलक तिम्सिना, प्राविधिक सल्लाहकार नितेश वस्नेत तथा अभियानको संरक्षकमा  केदार खड्का रहेका छन्।  

 

No description available.

 

उक्त अवसरमा  गौरादह नगरपालिकाको ९ वटै वडाबाट प्रतिनिधित्व हुने गरि सदस्य संख्या विस्तार गर्दै  १ सय १ सदस्य पुर्याइएको छ।  

 

No description available.

 

कार्यक्रममा संस्थाका कानुनि सल्लाहकार अधिवक्ता तिलक तिम्सिनाले प्रमुख अतिथिको रुपमा धारणा राख्दै सभ्य समाजको निर्माणको लागि युवाहरुको क्रियाशीलता अत्यावश्यक रहेको बताए।  राजनीतिक दलले युवाहरुलाई क्षणिक स्वार्थ पुरा गर्नको लागि र आफ्ना कार्यकर्ताका गल्ति कमजोरी ढाकछोप गर्न मात्र प्रयोग गर्ने गरेको भन्दै युवाहरु परिवर्तनको सम्बाहक हुने बताए। 

 

No description available.

 

संस्थाका संरक्षक तथा बिशिस्ठ अतिथि केदार खड्काले  गौरादहमा राजनीतिक दलको एकाधिकारको अन्त्य गर्नको लागि 'परिवर्तनका लागि युवा अभियान' को स्थापना गरिएको बताए।  स्थानिय तहमा हुने भ्रस्टाचार र अनियमिताले सिमा नाघ्न थालेको भन्दै परिवर्तनका लागि युवा अभियानले भ्रस्टचारीहरु तह लगाउने ठोकुवा गरे।

 

No description available.

 

 नगरपालिकामा संस्थागत भ्रस्टाचार मौलाएको भन्दै खड्काले परिवर्तन गर्न सक्ने शक्तीलाई खाडीमा पठाएर देश लुट्नेलाई युवाले सवक सिकाउने बताए। आगामी स्थानिय निर्वाचनमा अभियानको तर्फ़ बाट समेत उम्मेदवार उठ्ने भन्दै जुन सुकै हालतमा राजनीतिक दलको एकाधिकार अन्त्य गरेरै छाड्ने जिकिर गरे।  

 

No description available.

 

 

संस्थाको सल्लाहकार समेत रहेका  पत्रकार सान नेपालले समाज परिवर्तन गर्न आफुबाट  परिवर्तन शुरु गर्नुपर्ने  पर्ने बताए।  युवाहरुमा एकताको आवश्यकता रहेको भन्दै उनले अभियानमा लागेका युवाहरु आत्मविश्वास साथ समाज सेवामा लाग्नु पर्ने र कसैको बहकाउमा नलागी असल र खरावको पहिचान गरेर बोल्ड निर्णय लिन सक्ने क्षमता विकास गर्नुपर्ने सुझाव दिए।  

 

No description available.

 

 

नवगठित कार्यसमितिलाई कार्यसफलताको शुभकामना दिंदै निवर्तमान अध्यक्ष सन्तोष कार्कीले व्यबस्था परिवर्तन गरे पनि नयाँ भनिएको व्यवस्थाका अपरेटरहरु पुरानै रहेकाले परिवर्तनको अपेक्षा पुरा हुने नसकेको बताए। 

 

No description available.

 

 

नव घोषित अध्यक्ष भुवन खड्काले  परिवर्तनका लागि युवा अभियान समाजमा स्थापित भैसकेको भन्दै नयाँ नयाँ कार्यक्रम पस्किएर आगामी दिनमा संस्थालाई अगाडी बढाउने प्रतिवद्दता व्यक्त गरे।  

 

No description available.

 

 

सन्तोष कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन अभियानका उपाध्यक्ष रुपेश शिवाले गरेका थिए। 

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

Views: