d

राजेन्द्र महतोको चेतावनी: 'बहुल राष्ट्रिय राज्यका लागि संघर्ष गर्छौं'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे । ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाई लडने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेश तयार छ । पहाड र हिमालका जनतापनि तयार हुनुपर्छ,’ उनले भने ।


शीर्ष नेता महन्थ ठाकुरले सांसद रमेश चौधरीलगायतका मधेश आन्दोलनका क्रममा बन्दी बनेका, झूटा आरोप लागेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उलने लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरे ।


अर्का नेता शरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए । उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि बताए । नेता भण्डारीले आफूहरुले राज्यसँग मधेश आन्दोलनको पीडाबाट आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई उन्मुक्ति दिन माग गरिरहेको स्पष्ट पारे ।


उनले मधेश आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा फिर्ता लिने, बन्दी जीवन बिताईरहेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न पनि सरकारसँग आग्रह गरे ।

Views: