d

जसपा विवादमा सर्वोच्चको फैसला:उपेन्द्र यादव पक्षनै आधिकारिक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : सर्वोच्च अदालतले ठाकुर पक्षले पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरलाई सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

 

Image: Himalini


निर्वाचन आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अन्तरिम आदेश नपाएसँगै जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षलाई आयोगले दिएको आधिकारिकता सदर भएको छ।

 

 

निर्वाचन आयोगको इजलासले जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराउँदा यादव पक्षमा बहुमत देखिएकाले उनैलाई आधिकारिकता दिएको थियो। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका थिए। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरे। हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका थिए। 

 

 

‘दलको आधिकारिताबारे आयोगबाट यही २०७८/४/११ मा निर्णय गरेको देखियो’,–आदेशमा भएिको छ, ‘निर्वाचन आयोगको निर्णय कानून बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषय अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन।’

 

निर्वाचन आयोगले गरेको निर्णय खारेजीको माग गर्दै ठाकुरले सर्वोच्च अदालत रिट निवेदन दायर गरेका थिए।

अन्नपुर्ण पोस्ट। 

Views: