d

चुनावी गर्मी: राई बलियो की खत्री ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भाद्र २४ ,गौरादह /नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा स्थानिय देखि प्रदेश सम्म चुनावी सरगर्मी बढेको छ। लामो समय रोकिएको महाधिवेशनमा आकांक्षी धेरै हुँदा कतै सर्वसम्मत त कतै चुनावी प्रतिस्पर्धा बढेको पाइएको हो।   

चुनावी माहोल तात्दै गर्दा  प्रदेश १ क्षेत्र न. ५ (क) मा सभापती पदको लागि भने निकै कडा प्रतिस्पर्धा देखिएको छ। उक्त पदको लागि गौरादह २ निवासी निर्माण व्यवसायी जीवन राइ र सोही वडा निवासी रियलइस्टेट व्यसायी ज्ञानेन्द्र खत्रीको उमेद्वारी परेको छ।  

राई र खत्री मध्ये कसले बाजी मार्ने हुन् भन्ने निर्क्योल कार्यकर्ता माझ हुन सकेको देखिदैन।

आफुलाई जीवन राई  पक्षको मान्ने एक कार्यकर्ताले पर्दाफास संग भने, 'राजनीति हो कसले जित्छ भनेर सहजै अनुमान लगाउन सकिने अवस्था छैन।'

 

गत १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी बहन गरिसकेका राई जितको निकै नजिक पुगेको ती कार्यकर्ताको ठम्म्याइ छ।  

त्यसो त ज्ञानेन्द्र खत्रीलाई पनि कम आक्न नमिल्ने कांग्रेस वृत्तमा तिब्र चर्चा रहेको पाइन्छ।  १३ औं महाधिवेशनबाट    प्रदेश १ क्षेत्र न. ५ (क) उपसभापति पदमा जिम्मेवारी सम्हालेका खत्रीको जित सुनिस्चित रहेको उनि निकटहरु दावी गर्छन्।    

 

गौरादह उद्योग वाणिज्य संगको अध्यक्ष रही सकेका राइलाई कांग्रेस भित्र र बाहिर खरो मिजासका नेताको रुपमा चिनिन्छ।  स्पस्ट विचार राख्ने सक्ने र युवाहरुमाझ अलग्गै पहिचान राख्न सक्ने भएकै कारण पनि राइ नै जित अगाडी रहेको एक थरीको निष्कर्ष छ। 

 

वाक चतुर्याई र तार्किक स्वाभाव भएका खत्रीको उमेद्वारीले राइलाई जित्न भने त्यति सहज मानिदैन, घरासायी झैँ-झगडा देखी अन्य विवादास्पद मामिलामा बलियो तर्क प्रस्तुत गर्दै समस्या समाधान गर्न माहिर मानिने खत्रीको जितलाइ निर्वाचन अगाडी नै स्वीकार गर्नुपर्ने उनि निकट कार्यकर्ताले बताउने गरेका छन्।  

 

आफुलाई  महाधिवेशन प्रतिनिधिरुपमा बिहिवार दिनभरी डिपुचौक आसपासमा भोट माग्न व्यस्त रहेकी एक स्थानिय नेत्रीले पर्दाफास संग कुरा गर्दै बताइन्, 'दुवै नेताहरु एउटै  श्रेणीमा पर्नु हुन्छ, कसलाई जिताउने र कसलाई हराउने भन्ने नै अप्ठ्यारो अवस्था छ। ' 


 
'दुवै जनालाई कार्यकर्ताले बराबर नजरले हेर्ने गरेका छन्' , स्थानिय निर्वाचनमा खत्री र राईको उर्जाशील उपस्थिती रहेको स्मरण गर्दै उनले 
भनिन्, 'युवाहरुलाई परिचालन गर्न जीवन जी जस्तो नेता पार्टीले भेट्दैन र अन्य पार्टी संग मित्रता गर्न र सबै तहका नेता कार्यकर्ता संग अटाउन सक्ने क्षमता भएका खत्रीलाई कम आक्न कुनै पनि हालतमा मिल्दैन।'

 
लायन्स क्लब तथा अन्य महत्त्वपूर्ण परोपकारी सस्थाहरुमा आवद्ध राई गौरादहका एक प्रतिष्ठित निर्माण कम्पनी प्रजिना कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर हुन् भने खत्री रियल इस्टेट र वित्तिय क्षेत्रमा स्थापित नाम हो।  

समाजका हरेक गतिविधीहरुमा आर्थिक सहयोग तथा अत्यावश्यक खाध्यान्न र लत्ताकपडा बितरण गरेर  समाजमा रहेका बिरामी , असक्त,  गरिब बिपन्न बर्ग  तथा निमुखा बर्गको  सहयोगमा समर्पित भावले रहने खत्री र राईको नाम संचारमाध्यमले पनि प्राथमिकता साथ लिने गरेको पाइन्छ।  

रियल स्टेट बाहेक वित्तिय क्षेत्रमा समेत राम्रो प्रकड़ राख्न सक्ने र मिजासिला स्वाभावका खत्री र समान हैसियत रहेका राई मध्ये कसको पला भारी रहको छ अनुमान गर्न नसकिने नै देखिएको छ।  

सबै साथी भाइ बाट हौसला र प्रेरणा पाएकै कारण आफु उम्मेदवार बनेको र जित आफ्नै रहेको राई बताउछन् भने कसले जित्छ र कसले हार्छ भन्ने कुरा गौरिगंज गए सहजै  अनुमान लगाउन सकिने खत्रीको तर्क छ।    'गणितीय हिसाबमा आफु राई भन्दा निकै अगाडी रहेको खत्रीको तर्क छ।'

यहि असोज १ गते सम्पन्न हुन गइरहेको प्रदेश अधिवेशनमा सभापतिको उम्मेदवार रहेका राई र खत्री मध्ये कसले बाजी मार्लान त ? पर्ख र हेर को अवस्था देखिएको छ।  
 

Views: