d

गौरादह नगरपालिकाले साढे ४ वर्ष पछि गर्यो वार्षिक समिक्षा गोष्ठी, तेर्सिए पर्श्नै प्रश्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाः गौरादह नगरपालिकाले आर्थिकवर्ष ०७७÷०७८ को वार्षिक प्रगती समिक्षा तथा गोष्ठि आयोजना गरेको छ । स्थानिय सरकार गठनभएको पाचौँ वर्ष चल्दै गर्दा नगरपालिकाले पहिलो पटक समिक्षा तथा गोष्ठी आयोजना गरेको हो । 

 

No description available.


वडा नं. ४ स्थित सामुदायिक सहकारीको पाहुना घरमा आयोजित कार्यक्रममा नगरपालिका मातहतका शाखाप्रमुखहरुले वर्षभरी सम्पन्न गरिएका आ–आप्mना कार्यक्रमका प्रगती विवरण प्रस्तुत गरेका थिए । 


नगरप्रमुख रोहितकुमार साहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद भट्टराईले गरेका थिए । 

 

No description available.


कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै प्रप्रअ भट्टराईले नगरपालिकालाई नयाँ मोडालिटी दिनको लागि समिक्षा गाष्ठी आयोजना गरिएको वताए । पत्रकार, दलिय प्रतिनिधी र नागरिक समाजसंग प्रत्यक्ष सम्वाद तथा वहस गर्ने अभ्यासको थालनीको रुपमा वार्षिक समिक्षा गोष्ठी आयोजना गरिएको भन्दै नगर भित्रका स–साना समस्यालाई वेवास्ता गर्नाले जटिल परिस्थिती जन्मिन सक्ने ध्यानाकर्षण गराए । पर्याप्त साधनश्रोत भएको वेला विकास निर्माणका कार्यमा अत्यन्तै ध्यान दिएर अघि बढ्नु पर्ने आवश्यकता औँल्याए । विषयगत शाखा, वडा र नगरकार्यालय विच समन्वयको अभाव हुनुनै समस्याको मुख्य कारण भएकोले यसलाई चिर्न कर्मचारी र जनप्रतिनिधीको धृडइच्छा शक्तिको आवश्यकता रहेको वताए । विषयगत शाखाहरुमा आप्mनै किसिमको समस्या रहेको भन्दै समस्यालाई समयमा किनारा लगाउदै जाँदा थप उल्झनबाट बच्न सकिने उनको तर्क थियो। 

 


सहभागीहरुका जिज्ञासाको जवाफ दिदै प्रमुख कार्यकारी अधिकृत भट्टराईले स्वास्थ्य शाखाका केही कर्मचारीको ढिलासुस्ती र जवाफदेहिता नहुदा ५ वर्ष मुनीका वालबालिकाको लागि दिईने खोपकार्यक्रम प्रभावकारी हुन नसकेको वताएका छन् टार्गेट भन्दा बढी बच्चा आउनाले सवै बच्चालाई खोप दिन नसकेको जवाफ दिने कर्मचारी तर्पm इसारा गदै भट्टराईले प्रश्न गरे, ‘हेडकाउण्ट गर्नुपर्छ नी? हेडकाउण्ट नगर्ने अनि १० वजे कार्यालय आएर ११ बजे सेवाकेन्द्रमा पुग्नुपर्नेमा १ बजे पुगेर हुन्छ?’ आफु खोप समन्वय समितिको संयोजक छु भन्ने थाहा नहुने वार्ड अध्यक्ष समेत भेट्टाएको वताउने प्रप्रअ भट्टराई एक आपसमा समन्वय नगरी कार्य सम्पादन गर्दा आईपर्ने कानुनी जटिलताको समेत ख्याल राख्न आग्रह गर्छन् । 
परिवार नियोजनको अस्थायी साधनको वितरणमा पनि टार्गेट पुग्न नसकेको कारण खोज्न कर्मचारीलाई आग्रह गर्दै उनले कर्मचारी माथि प्रश्न गरे, ‘५ प्रतिशत आकडा देखाएर यसलाई तपाँई प्रगति भएको मान्नुहुन्छ?’ 


कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाहरुको जवाफ दिदै नगरप्रमुख रोहितकुमार साहले आप्mनो कार्यकालमा धेरै विकास निर्माणका काम भएको जिकिर गरेका छन् । ‘केही कमीकमजोरी नभएका होइनन् यद्यपी हामीले नगरपालिकाको समग्र विकाशमा निकै महत्वपूर्ण काम गरेका छौँ ।’साहले भनेका छन् । आफुहरु आएको २ वर्ष सम्म कर्मचारीको सख्त अभाव खेप्नु परको बताउदै मेयर साहले अहिले पनि कर्मचारीको अभाव भोग्दै गरेको गनासो गरे । 

 


कार्यक्रममा आप्mनो भनाई राख्दै वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले ५औँ वर्षको वार्षिक समिक्षा गोष्ठिमा सहभागिता जनाउदै गर्दा आफुलाई भर्खर पहिलो वर्षको समिक्षा वैठकमा बसेको अनुभव भएको वताए । ‘हरेक वर्ष समिक्षा गोष्ठी गर्नुपर्नेमा यसबारेमा कहिल्यै ध्यान पुगेन, कार्यकाल ६ महिना मात्र बाकी रहदा समिक्षा गोष्ठीको महत्व वुभ्mन पाईयो’, भण्डारीले भने ।

 


कार्यक्रमको अवधीभर नेकमा एमाले नगरकमिटि सचिव दुर्गामणी वस्नेतले विषयगत जिज्ञासा राख्दै ५ वर्ष भित्रमा वनेका ग्रामिण सडकहरुको अवस्था दयनिय हुनु चिन्ताको विषय भएको वताए । दिगो विकासको अवधारणा ल्याउन नसकेको बारे चिन्ता प्रकट गर्दै वस्नेतले भने ‘गत फागुनमा निर्माण गरेका बाटाहरु ६ महिना नपुग्दै हिलाम्मे हुन्छन्, यसलाई विकास गर्यौ भन्न मिल्छ?’ ‘५ वर्षमा २ अर्ब रुपैँया सडक निर्माण गर्दा खर्च गरियो, तर उपलव्धी खोई?’ वस्नेतको प्रश्न थियो । 

 


समिक्षा गोष्ठीमा छोटो मन्तव्य राख्दै नेकपा एमालेका नेता तथा तत्कालिन स्थानिय निर्वाचनमा मेयर पदका प्रत्यासी उम्मेद्धार मदन अधिकारीले नगरपालिकाले ढिलै भएपनि समिक्षा गोष्ठीको आवश्यकता महशुस गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

‘नगरपालिकाको समिक्षात्मक कार्यक्रममा सहभागी हुन पाउँदा खुशीनै लाग्दो रहेछ, हरेक वर्ष यस्ता कार्यक्रम निर्वाधरुपमा सन्चालन गरिनु पर्छ ।’, अधिकारीले भने । 

 

बार्षिक समीक्षात्मक कार्यक्रममा उठेका विषयहरु समेत समेट्दै नगर वेबसाइटमा समिक्षा प्रतिवेदन राखिने बताइएको छ।  

 

कार्यक्रममा उपमेयर गीता भेटवाल, नेपाली कांग्रेसका नेता अनिलकृष्ण प्रसाई ,  बिभिन्ना वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु कार्यपालिका सदस्य, नगर कर्मचारी, केहि दलिय प्रतिनिधि, विभिन्न संचार मध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो।   

No description available.

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

 

 

 

 

 

 

 

 

 

No description available.

No description available.No description available.No description available.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Views: