d

'अनेरास्ववियू '  अध्यक्षको जिम्मवारी बराललाई, महाधिवशेन चैतमा हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिवार भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । 

निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा चार सय ६ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको बताइएको छ।   ।

पुनर्गठित केन्द्रीय कमिटीले नै आउँदाे अखिलको २३ औँ महाधिवेशन गराउने तयारी गरिएको छ।  ।

  बैठकले आउँदाे चैत २४ देखि २६ गतेसम्म अनेरास्ववियु २३ औँ महाधिवशेन गर्ने निर्णय गरिएको बिद्यार्थी नेता निगेश नयाजुले बताएका छन् ।  

अनेरास्ववियुको महाधिवेशन विसं २०७३ यता हुनसकेको थिएन ।

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसकेकी छिन्।   । बराल अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो हुन्  । 

यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन् । 

त्यस्तै सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडालले जिम्मेवारी पाएका छन् । अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले बिदा लिएका छन् । 

Views: