d

सङ्घीय संसद् सहि ट्रयाकमा अघि बढिरहेको छ : सभामुख सापकोटा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – प्रतिनिधि सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले सङ्घीय संसद् ठिक बाटोमै अघि बढिरहेको बताउएका छन् ।

राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले आज शनिवार आयाेजना गरेकाे विधायिकी खुलापन र लोकतन्त्र मेला कार्यक्रममा सभामुख सापकाेटाले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलो विश्वविद्यालय बनेको धारणा व्यक्त गरे। 

उनले भने, 'समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ जारी भएको नेपालको संविधान महत्त्वाकाङ्क्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ । लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो ।'

सङ्घीय संसद्को ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको सभामुख सापकाेटाले बताए । उनले भने, 'संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कमजाेरी छ । कार्यसम्पादनमा देखिएका कमी कमजोरी सुधार, परिमार्जनका लागि कडा मेहनत र इमानदार प्रयास आवश्यक छ ।' 

प्रतिनिधि सभा विघटन प्रतिनिधि सभाले मात्र गर्न सक्ने व्यवस्था हुन आवश्यक रहेको बहन्दै सापकोटाले संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा के–कस्ता कमजोरी भए त्यसको गम्भीर आत्मसमीक्षा गरिनुपर्ने बताएका छन्।   


 

Views: