d

‘याे गठबन्धन बरफकाे डल्ला हाे, चुनावपछि पग्लिहाल्छ’

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरेका छन्  । आज शनिवार नेपाल निजामती कर्मचारी सङ्गठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन्।  

उनले चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको बरफका डल्ला जस्तै पग्लिने बताए।  

उनले भने, ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन, थरथर काम्दै डराउँदै । चुनाव प्रतिगमन हुन्छ त, के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा ? अब १४ महिनापछि चुनाव त गर्नुपर्छ । के देश अनिवार्य रूपमा प्रतिगमनमा जाने भयो त चुनाव गर्दा । जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो ? संविधान मिचिएको हो त ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरूले ? तर चुनाव गराउन यिनीहरू बाध्य छन् । तपाईँहरूलाई दुःख, कष्ट यसबीचमा दिन सक्छन् । धेरै चिन्ता नगर्नुस् । चौध महिनामा चुनाव हुन्छ । पन्ध्र महिनामा सरकार बन्छ । यी कता हराउँछन् । कता बिलाउँछन् । यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैँ परेको आइस् होइन यो । फ्रिजमा बनाइएका आइस हुन् । यी डल्ला बाहिर राखिदिएपछि एकछिन पछि पग्लिहाल्छन् । त्यस कारण धेरै चिन्ता गर्नुपर्दैन ।’
 

Views: