d

राजनीतिक नियुक्ति गरिएका सबै राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै मन्त्रिपरिषद्ले कर्णाली करिडोरअन्तर्गत सल्ले–सल्ला–सिमिकोट सडक खण्डको दुल्लीकुनादेखि लालिबगर सडक खण्डको ७ किलोमिटर र लैफु बद्रीगाउँदेखि हुक्काखोलासम्म साढे १३ किलोमिटर खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरेको छ । 

त्यस्तै कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गने विधेयकलाई संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, कोभिड–१९ संकट व्यवस्थापन आदेश स्वीकृत गर्ने, संयुक्त राष्ट्रसंघको  ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
 

Views: