d

कमल राप्रपाको सक्रियता, दुई वडामा एकैदिन वडा कार्यालय उद्घाटन

Views:
Responsive Image Gallery
Responsive Image Gallery


श्याम अधिकारी

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी कमल वडा नं.६ मा वडासमिती कार्यालय स्थापना गरिएको छ । पार्टीका हरेक गतिविधिलाई सक्रियता साथ अगाडी बढाउने उद्देश्यले लखनपुर स्थित वडाकार्यसमिति अध्यक्ष सत्यनारायण ताजपुरियाको घरमा वडासमिति सम्पर्क कार्यालय स्थापना गरिएको हो । 

No description available.

 

 

औपचारिक रूपमा बिहिवार आयोजित पार्टी कार्यालय उद्घाटन कार्यक्रममा राप्रपा झापा ५ क्षेत्रीय अध्यक्ष भिम पौडेल, प्रदेश सदस्य जानुका विष्ट , राप्रपा कमल गाउँ कमिटी अध्यक्ष दिपक खरेल, प्रदेश १ क्षेत्र नं. ५ 'ख' उपाध्यक्ष श्याम अधिकारी, वडा नं. ६ वार्ड कमिटी अध्यक्ष सत्यनारायण ताजपुरिया लगायत स्थानीय नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । 

कार्यक्रमका अवसरमा विभिन्न पार्टी परित्याग गरि १५ जना स्थानीयहरु राप्रपामा प्रवेश गरेका छन् । 

No description available.

 

पछिल्लो समय कमल गाउँपालिकामा आफ्नो बलियो उपस्थिति जनाउदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी असोज ९ गते शनिबार केन्द्रिय प्रशिक्षार्थीले कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्ने बताइएको छ । प्रशिक्षण कार्यक्रम पाडाजुगी स्थित पार्टी प्यालेसमा आयोजना गर्न लागिएको गाउँपालिका कमटी अध्यक्ष दिपक खरेलले बताए ।

यसैगरि कमल ७ मा आजनै पार्टी कार्यालय उद्घाटन गरिएको बताइएको छ।  

यसैगरि पार्टीले कमलका ७ वटै वडामा पार्टी अगुवा कार्यकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम समेत शुरु गरिएको र आगामी असोज ९ गते शनिवार पादाजुगी स्थित पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको गाउँ कमिटी अध्यक्ष दिपक खरेलले बताएका छन् ।

Views: