d

गौरादहका ९ जनाले भने, 'हामी नेकपा (एस) मा गएका छैनौ, भ्रम फ़ैलाइयो'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:   गठन भएको १ हप्ता नपुग्दै नेकपा (एकीकृत समाजवादी ) को नगर कमिटि बिबादास्पद बनेको छ। नगरकमिटिमा आफुहरु नरहेको र एमाले पार्टी नछाडेको भन्दै समाजवादीद्वारा गठित  नगरकमिटिका ९ जना सदस्यले आपत्ती जनाए पछी बिबादास्पद बनेको हो।  उनीहरुले संयुक्त विज्ञप्ती मार्फत आफुहरु एमालेमै रहेको बताएका छन्।  
 
'हामीहरु फुटमा विश्वास गर्दैनौ, नेकपा एमालेको नीति तथा कार्यक्रममै समर्पित छौं र एमालेनै रहेको कुरामा कुनै दुविधा छैन।  नेकपा एमालेलाई नै बलियो कम्युनिस्ट पार्टी बनाउन लागि पर्ने छौं। ', संयुक्त विज्ञप्तीमा भनिएको छ।  

आफुहरुको नाम जोडेर सामाजिक संजालमा भ्रम फ़ैलाइएको भन्दै उनीहरुले आपत्ती प्रकट गरेका छन्।  

त्यसरी आपत्ती प्रकट गर्नेहरुमा झलक भुजेल, रमेश ओली, दिपक अधिकारी, रतन मुर्मु, नर नारायण ढुंगाना,  चन्द्रकला हिङ्गमांङ्ग , राजु राउत र भोला बुढाथोकी रहेका छन्।   

स्मरणीय छ नेकपा (एकीकृत समाजवादी) पार्टीले दुइ दिन अगाडी मात्र गत असोज ११ गते गौरादहमा ५१ सदस्यीय नगर कमिटि घोषणा गरेको बताएको थियो।  नगरकमिटिमै रहेकाहरुले आपती जनाएको विषयलाई नेकपा एसले कुन रुपमा लिने हो र कसरी  नगर कमिटिलाई पूर्णता दिने हो त्यो भने हेर्न बाँकी नै रहेको छ।  

Views: