d

 शिक्षा ऐन मिच्दै शिक्षकहरु राजनीतिक पदमा निर्वाचित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


                 -- पुष्प आर जे
 
शिक्षक शिक्षाका सम्बाहक हुन् यसमा कुनै दुईमत छदै छैन।  राजनीति अास्था सबैले राख्नु पर्छ। यति हुदा हुदै पनि शिक्षकले अाफ्नो नैतिकता भुल्न मिल्दैन। शिक्षक नै जान्दाजान्दै ऐन नियम मिचेर राजनीति गर्छन् भने बिद्यार्थीले के सिक्ने। अनि अभिभावकले के बुझ्ने?

भर्खरै सम्पन्न काग्रेसको १४ अौ महाधिवेशन  अन्तर्गत गौरादह न. पा. का केही शिक्षकहरु शिक्षा ऐन बिपरित चुनाव भाग लिई जित हासिल गरेका छन्। जसमा नेत्र खड्का (नगर सचिव), मेघराज अधिकारी (नगर सचिव), माधव कोईराला ( क्षेत्रीय प्रतिनिधि ) नारायण कार्की । 

गौरादहमा मात्र मात्र होइन छिमेकी गौरिगंज गाउँ पालिका अगाडी रहेको गौरिगंज आधारभूत विद्यालयका प्रधानाध्यापक हरिराज यादव र जनसाधारण आधारभूत बिद्यालय कोरोबारीका प्रधानाध्यापक गोपाल ताजपुरिया समेत नेपाली कांग्रेसको भर्खरै सम्पन्न अधिवेशन बाट निर्वाचित भएका छन्।  दुवै प्रधानाध्यापकको विरुद्द शिक्षा समन्वय  इकाई झापामा उजुरी समेत परिसकेको गोप्य सुत्रबाट पर्दाफासलाई जानकारी प्राप्त भएको छ।   

यी त केही नमुना मात्र हुन्। अझै खोज्दै जाने हो भने कति शिक्षक भेट्न सकिन्छ। जसमा जुनसुकै पार्टीका किन नहुन्। जो ऐन बिपरित कयौं बर्ष देखि पार्टीका झण्डा बोकि माथिल्लो पदमा अासिन छन्। 

 

No description available.

नगर शिक्षा अधिकारी टेकनाथ रेग्मी भन्छन्, 'हामी कहाँ लिखित जानकारी अाएको छैन। प्रमाण सहित यदि जो कसैले उजुरी दिन्छ भने हामी कारवाहिका लागि ईकाई लाई पत्रचार गर्ने छौ।'

 

No description available.

 

 

पुर्व गौरादह जेसिस अध्यक्ष समेत रहेका हालसालैको कांग्रेस निर्वाचन बाट विजयी भएका शिक्षक माधव कोईराला भन्छन्,  'म बाट गल्ती भएको हो भोलि के हुन्छ त्यसलाई अाधार मानेर म पार्टी छोडेर मेरो पेसामा पनि फर्कन सक्छु। अग्रजले को सिको गर्दा अहिले पछुताउनु परेको छ। '

शिक्षा ऐन, २०२८ संसोधन सहित को दफा १६ उपदफा ५ को छ’ मा उल्लेखित व्यवस्थाशिक्षा ऐन २०२८ को दफा १६ स्पस्ट लेखिएको छ। ऐन तथा नियमावलीमा भएका व्यवस्था पालना नगर्ने शिक्षकलाई शिक्षा नियमाली, २०५९ संसोधन सहितको परिच्छेद २३ नियम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने व्यवस्था छ ।

तर पनि नियम मिचेर पार्टीका कार्यकारिणी पदमा निर्वाचित शिक्षकलाई कारवाहि हुन्छ कि हुदैन ? शिक्षक बिरुद्ध कसैले नगरमा प्रमाण सहित कारवाहि लागि निवेदन दर्ता सक्ने कोही अभिभावक छन् या छैनन् ? त्यो हेर्न भने बाकि छ।

Views: